घरमा कुकुर पाल्नुभएको छ? होस गर्नुहोस् हुन सक्ला यस्ता समस्या


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


कतिपय मानिसहरूलाई घरमा जनावर पाल्ने शोख हुन्छ। कतिले आफ्नो शोख पुरा घरमा कुकुर, विरालो, मुसा, चरा, इत्यादी पालेका हुन्छन्।
तर कार्निभोर (मांसाहारी) जनावर पाल्दा मानिसलाई रोग सर्ने सम्भावना बढि रहेको अध्ययनले देखाएको छ।

मानिसमा धेरैजसो ब्याक्टेरिया, भाइरस जस्ता किटाणुहरू यिनै जनावबाट सर्ने गरेको पाइन्छ। घरमा यस्ता जनावर पाल्दा मानिसमा विभिन्न किसिमको रोग सर्नु स्वभाविक हो।

सार्स–कोभ–२ (कोभिड–१९) तथा साल्मोनेला नामक रोगहरू मानिस भन्दा पहिले जनावरमा सर्ने गर्दछ।
जनावबाट यसले रूप परिवर्तन गरेर मानिसमा सारेको अध्ययनमा उल्ललेख छ।

झण्डै ४९ प्रतिशत मांसाहारी जनावरहरु जसमा मिंक तथा कुकुरहरु पनि पर्दछ, उनीहरुमा जुनोटिक प्याथोजिन– जनावरबाट मानिसमा सर्नसक्ने भाइरस तथा व्याक्टेरिया हुने गर्दछ। यसमा चमेरो पनि पर्दछ।

त्यस्ता जनावरले जुनोटिक प्याथोजिनहरू किन बोकेका हुन्छन्? भन्ने तथ्य हालसम्म पनि पत्ता लगाउन सकेको छैन।
तर वैज्ञानिकहरुको अनुमानका अनुसार जनावरहरुमा छुट्टै खालका इम्युन सिस्टम हुन्छन्।

यि जनावरूले प्राकृतिक रुपमै यस्ता भाइरस र ब्याक्टेरिया बोकेका हुन्छन्। जुनोटिक प्याथोजिनहरूले कार्निभोर जनावरहरूमा कस्तो व्यवहार देखाउँछ भनेर पत्ता लगाउन सके मानिसमा सर्नबाट जोगाउन सकिने वैज्ञानिकहरुको भनाई छ।

हालसालै क्यम्ब्रिज विश्वविद्यालय बेलायतले गरेको अध्ययनका अनुसार कार्भिभोर जनावरहरुमा जुनोटिक प्याथोजिन जस्ता किटाणु पत्ता लगाउने र उक्त किटाणुहरूसँग लड्न सक्ने जीनको अभाव रहेको छ।

‘जनावरहरुमा किटाणुबाट बचाउने जीन नै नरहेको पत्ता लगाएका छौं,’ विश्व विद्यालयका भेटनरी मेडिसिन विभागका प्रमुख प्रा.डा. क्लेर ब्रायन्टले बताए।

‘त्यस्तो जीनको कमीले गर्दा किटाणुहरु जनावरको शरीरमा लुकेर बस्ने गर्दछन् र म्युटेन्ट हुने गर्दछन्। म्युटेट भएका भाइरस पछि मानिसमा सर्ने बढि सम्भावना हुन्छ,’ उनले भनिन्। अध्ययन सेल्स रिर्पोटमा प्रकाशित गरिएको छ।

उनीहरुमा इम्युनिटिसँग सम्बन्धित विभिन्न खालका जीनहरु रहेको अध्ययनले देखाएको छ। मानिसमा हुने ‘एस टाइफिम्युरियम’ नामक ब्याकटेरिया –जसले ग्यास्ट्रोइन्टेरिटिस गराउँछ – कुकुरकोे जीनमा राखिएको थियो।

जेनेटिक विश्लेषण गर्दा संक्रमण पत्ता लगाउने जीन नै हराएको देखियो। पहिले कुकुरलाई स्वास्थ्य राख्ने तीन जीन थिए भने पछि ती सबैले काम गर्न छोडेका थिए। एउटा जीनले भने उक्त ब्याक्टेरियालाई म्युटेट गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले