टिकटकको बढ्दो दुरुपयोग : कला देखाउनेभन्दा छाडापन र ‘सो अफ’ गर्ने बढी


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – के तपाईं टिकटक चलाउनुहुन्छ। यदि चलाउनुहुन्छ भने थाहा पाउनु नै भएको होला यसमा अहिले कति विकृति भित्रिएको छ भनेर। अहिले भ्युज, लाइक र कमेन्ट पाउनकै लागि यसका प्रयोगकर्ताले हदैसम्म गर्ने गरेका छन्।

पछिल्लो समय टिकटकमा मात्रै होइन अन्य सामाजिक सञ्जालमासमेत छाडापन र गलत गतिविधिहरु बढ्दै गएका छन्। तर, यस्तो छाडापन र गलत क्रियाकलाप टिकटकमा अलि बढी नै छ।

छाडापन त छँदैछ तर, आज हामी टिकटकमा रवाफ देखाउनकै लागि पैसाको दूरुपयोग गरिँदै गरिएको विषयमा कुरा गर्दैछौं।

टिकटक प्रयोगकर्ता खेम भुसालले केही दिनअघि कारमा पैसाको बन्डल टाँसिएको भिडियो बनाउँदै पोस्ट गरे। उनकै अर्को भिडियोमा हजार र पाँचसयका नोट उरेल्दै गरेको भिडियो देख्न सकिन्छ। त्यही भिडियोमा हिन्दी गीत बजिरहेको हुन्छ, ‘क्या होता हैं पैसेका, पैसेकी लगादुँ ढेरी…’ त्यसको केही बेरमा त्यो भिडियोमा लाइक, कमेन्ट र भ्युजको ओइरो लाग्छ।

त्यस्तै अर्की एक महिला प्रयोगकर्ताको क्रियाकलाप त झनै अराजक देखिन्छ। मधु गुप्ता नाम गरेकी एक महिलाले रिस लागेको अनुहार पार्दै हजारको नेपाली नोट च्यात्दै भिडियो पोस्ट गरेकी छन्।

टिकटकमा रवाफ देखाउन र प्रयोगकर्ताको ध्यान आफूतर्फ तान्नकै लागि गहना र पैसा देखाएर भिडियो पोस्ट गर्नेको संख्या बढ्दै गएको छ। यसले सुरक्षा चुनौतिमात्र होइन नोटको गलत प्रयोग पनि भइरहेको देखाउँछ।

हुनत यो व्यक्तिगत कुरा होला तर, पनि क्षणिक मनोरञ्जनका लागि बनाइने त्यस्ता भिडियोले तपाईंको जीवन नै नर्क बनाइदिन सक्छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले अनावश्यक मनमौजी र जथाभावी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता पनि उदांगो भएको छ।

‘सुरक्षा थ्रेट’

समाजिक सञ्जालमा धन, सम्पत्ति, गरगहना र पैसा देखाउनाले ‘सुरक्षा थ्रेट’ समेत बढ्दै गएको प्रहरीको ठहर छ।

अहिलेसम्म यस्तो अप्रिय घटना सुन्नमा नआए पनि यसले सुरक्षा थ्रेट बढाएको साइबर ब्युरोका एसएसपी नविन्द्र आर्यालले बताए। टिकटकमा यसरी सम्पत्ति देखाउनाले चोरी र लुटपाटका घटना हुनसक्ने र यसले ज्यानसमेत जाने जोखिम हुन्छ।

कला देखाउनेभन्दा पनि अस्लिलता प्रदर्शन गर्ने र ‘सो अफ’ गर्नेहरु टिकटकमा बढ्दै गएका छन्।

जानकारी पाए जेल पठाउँछौं : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले नेपाली नोट दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएको छ।

बैंकका प्रवक्ता देवकुमार ढकालले नेपाली नोटमा लेख्ने, कोर्ने वा दुरुपयोग गर्नेलाई ३ महिनासम्म जेल हालिने र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको बताए।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद २२ अनुसार मुद्रासम्बन्धी कसुरअन्तर्गतको दफा २६३ मा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने उल्लेख छ। यसै परिच्छेदमा नोट वा सिक्का जलाउने, केरमेट गर्ने वा नष्ट गर्न खोज्नेलाई कसुर मानि त्यस्ता व्यक्तिलाई ३ महिनासम्म जेल सजाय हुने उल्लेख छ।

प्रवक्ता ढकालले यस्ता गतिविधि गर्नेलाई अनुसन्धानको दायरामा ल्याउने बताए। ‘यस्ता गतिविधि गर्नेलाई प्रहरी प्रशासनको सहयोगमा जेलसम्म पठाउने छौं। एउटा नोट छपाउन राज्यको लगानी रहेको हुन्छ र राज्यको लगानी दुरुपयोग गर्नेलाई कुनै बहानामा छोड्नु हुन्न’, उनले भने।

प्रहरीको निगरानीमा ‘टिकटक’

साइबर ब्युरोका एसएसपी नविन्द्र आर्यालका अनुसार पछिलो समय टिकटकमाथि निगरानी बढाएको बताए। एसएसपी आर्यालले टिकटकबाटै गोपनीयता भंगमात्र नभई ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए। उनले कोहीप्रति प्रतिशोध राखी वा जानाजान चारित्रिक ठेस पुर्‍याउनेलाई प्रहरीले कारबाही गर्ने गरेको बताए।

‘जानेर वा नजानेर प्रयोगकर्ताले यसको दुरूपयोग गरेका छन्,’ उनले भने, ‘बाटोमै पनि अभद्र व्यवहार गर्ने, रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र हत्या गर्ने, गोप्य कुराको खुलासा गरिदिने, टिकटक बनाउनकै लागि अनावश्यक उट्पट्याङ गर्नेजस्ता गलत प्रयोग भएको तथ्य हामीले फेला पारेका छौं।’

टिकटकबाटै हिंसा भइरहेको भन्दै ब्युरोमा उजुरी दिन पुग्ने महिलाको संख्या पनि बढिरहेको उनले बताए।

सामाजिक सञ्जालको जन्जालमा फस्दा केही व्यक्तिलाई आर्थिक, सामाजिक र व्यक्तिगत रूपमा चोट पुग्ने गरेको छ। उजुरीका आधारमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाउँदै आएको छ।

टिकटकको अनावश्यक प्रयोग चिन्तामा विश्व

विश्वमै टिकटकको गलत प्रयोगका कारण आपराधिक घटनाहरु बढीरहेका छन्। विश्वका कतिपय देशमा त यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। नेपालको संसदमा पनि टिकटकलाई प्रतिबन्ध लगाउनु पर्ने माग केही सांसदले गरेका थिए।

टिकटकको सबैभन्दा ठूलो प्रयोगकर्ता रहेको भारतले गत वर्ष प्रतिबन्ध लगाएको थियो। भारतले टिकटकका कारण भारतको राष्ट्रिय सुरक्षा र समाजिक सुरक्षामा असर गर्न थालेको भन्दै प्रतिबन्ध लगाएको थियो। त्यस्तै पाकिस्तानले पनि केही समयअघि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत