पाकिस्तानमा नेपाली साहित्यलाई पनि स्थान दिन राजदूत अधिकारीको आग्रह


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान एकेडेमी अफ लेटर्स (पिएएल) का प्रमुखसँग भेटवार्ता गरेका छन्। उनीहरुबीच पाकिस्तानको इस्लामाबादमा आज भेटवार्ता भएको अधिकारीले जानकारी दिएका छन्।

प्रोफेसर युसुफ खुस्कसँग भेटमा नेपाल र पाकिस्तानको साहित्य क्षेत्र र यसमा दुवै देशले एकअर्कालाई सहयोग गर्ने विषयमा छलफल भएको राजदूत अधिकारीले बताए। यस्तै नेपाल र पाकिस्तानबीचको समझदारीलाई बढाउन पनि दुई देशबीच साहित्यिक आदान-प्रदान गर्न सकिने विषयमा कुराकानी भएको अधिकारीले बताए।

यसका लागि आफूले पिएएललाई नेपाली साहित्यलाई पाकिस्तानी जनतासमक्ष पुर्याउन नेपाली भाषाका साहित्यिक कृतिहरुलाई उर्दु र अन्य पाकिस्तानी भाषामा पनि अनुवाद गरी प्रकाशन गरिदिन अनुरोध गरेको उनले बताए। साथै छिमेकी देशको साहित्यलाई बुझ्न पनि दुवै देशका शैक्षिक गतिविधि र पाठ्यक्रममा एकअर्काका साहित्यलाई समेट्नुपर्नेमा छलफल भएको अधिकारीले बताए।

युसुफसँगको भेटमा राजदूत अधिकारीले उनलाई उर्दु भाषामा अनुवाद गरिएको सरदार रुद्रराज पाण्डेको कृति ‘रुपमति’ प्रदान गरेका थिए।

पिएएल पाकिस्तान सरकारको अधिनमा रहेको साहित्यसम्बन्धी काम गर्ने मुख्य एकेडेमी हो। यसको स्थापना पाकिस्तानमा साहित्यिक गतिविधिलाई बढावा दिने उद्देश्यका साथ सन् १९७६ मा भएको थियो।

No description available.
No description available.


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।