भक्तपुरमा अपरिचित व्यक्तिको कुटपिटबाट एकजनाको मृत्यु


विचार
आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७

आयाेमेल संवाददाता
भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा…

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५

आयाेमेल संवाददाता
हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको


भक्तपुर चाँगुनारायण सुडालमा अपरिचित दुईजनाको कुटपिटबाट एक वृद्धको ज्यान गएको छ। बुधबार करिब ५:४५ बजेतिर कुटपिटमा परेका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको मृत्यु भएको हो।

भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत केशवकुमार थेवेले कुटपिटबाट घाइते भएका ती व्यक्तिको बिहीबार बिहान ५:०५ बजे उपचार क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको जानकारी दिए।

परिवारका अनुसार बुधबार दिउँसो करिब ४ बजेतिर दुईजना अपरिचित व्यक्ति उनकाे पसल आएका थिए। उनीहरूले चन्द्रकुमारलाई जग्गा हेर्ने बहानामा खेतमा लगेका थिए। 

घर नजिकैको जग्गा देखाउन गएका उनलाई त्यहीँ कुटपिट गरी उनले लगाएको अढाई तोलाको सुनको ब्रासलेट लुटेर लगेको परिवारले जनाएको छ। 

बुधबार करिब ८ बजे मध्यपुर थिमि अस्पतालबाट खबर पाएपछि प्रहरी अस्पताल पुगेको थियो। उनको अवस्था गम्भीर भएकाले बेलुकी नै ग्रिनसिटी अस्पताल पुर्‍याइए पनि उनको त्यही उपचारका क्रममा ज्यान गएको हो। 

कुटपिट गर्नेहरू फरार रहेको सूचना अधिकृत थेवेले जानकारी दिए। उनीहरूको खोजी कार्य भइरहेको उनले बताए। घटना कुनै आपसी रिसिवी र लुटपाटको हेतुले गरेको हुने सक्ने उनले जनाए। प्रहरीले कुटपिटमा संलग्नहरूको खोजी थालिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप

हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका-९ तल्लो मागुरमाडीका ४५ वर्षीय श्याम

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा नगरपालिका आज रातिदेखि ‘सिल’ गरिने भएको छ। स्थानीय जनप्रतिनिधिलगायत कोभिड