कास्कीमा चाडपर्व सुरक्षाको तयारी के छ?


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


चाडपर्वका बेला हुनसक्ने सम्भावित अपराध न्यूनीकरण गर्न कास्कीमा सात सय ३५ प्रहरी परिचालित हुने भएका छन्। 

कोभिड–१९ का कारण आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले सो संख्यामा प्रहरी परिचालन गर्ने भएको हो। 
कास्की प्रहरीले ‘चाडपर्व दसैं सुरक्षा योजना- २०७७’ सार्वजनिक गर्दै जिल्लामा चौबिसै घन्टा गस्ती गरिने जनाएको छ। 

कास्की प्रहरीका प्रवक्ता सुवास हमालले भर्चुअल पत्रकार सम्मेलनमार्फत प्रहरीले मोबाइल गस्तीदेखि पैदल गस्ती गरिने बताए। यसका लागि कमान्ड पोस्टबाट सात जनाको टोलीसहित कन्ट्रोल रुमका ११० जना परिचालित हुनेछन्। 

कास्कीका दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना हुने भएका छन्। चाडपर्वका बेला यात्रुलाई पर्न सक्ने समस्या तत्काल समाधान गर्ने उद्देश्यले कास्की प्रहरीले पृथ्वीचोक र बागलुङ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गर्ने जनाएको छ। दुबै कक्षमा ६÷६ जना प्रहरी रहने र उनीहरुले यात्रुलाई कोरोना सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नेछन्। 

कास्की छिर्ने तीन नाका- छोरेपाटन, मजुवा र जौबारीमा ‘यात्रुसँग १ मिनेट’ कार्यक्रम पनि चलाइने हमालले बताए। उनले भने, ‘यात्रुलाई समस्या परेको भए समाधान गर्न र उनीहरुलाई हुन सक्ने अपराधबारे सचेत गराउन कार्यक्रम चलाउँछौं।’ 

नजिकिँदै गरेका चाडपर्व आफू बसेकै ठाउँमा मनाउन कास्की प्रहरीले अनुरोध गरेको छ। कोरोना महामारी फैलिन बाट जोगिने र अनावश्यक खर्चपनि नहुने भन्दै प्रहरीले चाडवाडमा धेरै हिँडडुल नगर्न आग्रह गरेको हो। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न