समाचार टिप्पणी : खोपमा कसरी चुकिरहेछौं हामी?

आउनुहोस्, स्वास्थ्य राज्यमन्त्रीज्यू दोहोरी खेलौं


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार १४ भदौमा जारी गरेको सुचनाअनुसार भदौ ११-१२-१३ गते (१२ र १३ गते गते सर्भर डाउन भएकाले १४ गते तीन दिनको तथ्यांक प्रस्तुत गर्दै) तीन दिनमा ५,९७, ५९८ जनालाई खोप दिइयो।

१४ गते आएको तथ्याङ्क अनुसार  खोप वितरण यस प्रकार रहेको छ –

एक मात्रा खोप लाएका ५३,१७,४८३X१ = ५३,१७,४८३  थान खोप खपत

एक मात्रा खोप लाएका कुल ५३,१७,४८३ जनामा ऐस्ट्रेजेनेकाको खोप लिनेको संख्या २०,६४,२८८ रहेको छ। र, भेरोसेल लाउनेको संख्या ३२,५३,१९५ रहेको छ।

दुबै मात्राको खोप लाउनेको संख्या ३०,४५,४३७X२ = ६०,९०,८७४ थान खोप खपत

दुबै मात्राको खोप लाउनेमा ऐस्ट्रेजेनेकाको खोप लिनेको संख्या १०,९९ ४५३ रहेको छ।  

अर्थात नेपालमा दुबै डोजका रूपमा २१,९८,९०६ र एक डोजका रूपमा २०,६४,२८८ = ४२,६३,१९४ ऐस्ट्रेजेनेका खोपको खपत भइसकेको छ।


दुबै मात्राको भेरोसेलको खोप लिनेको संख्या १९,४५,९८४ रहेको छ।  अर्थात नेपालमा दुबै डोजका रूपमा भेरोसेलको खपत ३८,९१,९६८ थान भएको छ। एक डोज र दुबै डोज गरी कुल खपत ३२,५३,१९५+३८,९१,९६८ = ७१,४५,१६३ थान भेरोसेलको खपत भइसकेको  छ।

नेपालमा सिंगल डोजको जोनसन एंड जोनसनका १५,३४००० थान खोप आएका थिए।  स्वास्थ्य मंत्रालयले  दिएको सुचनाअनुसार भदौ १४  गते  २ बजेसम्म जोनसनका खोप १३,५०,९६५ थान  वितरित भएका छन्। यो खोप सिङ्गल डोज भएको हुनाले जे जति जनालाई दिए पनि फरक पर्दैन।

स्वास्थ्य मंत्रालयका अनुसार नेपालमा अहिलेसम्म भारत निर्मित कोभीशिल्ड २१  लाख,  भूटानबाट एस्ट्रेजेनेका २ लाख ३० हजार,  इङ्ल्याण्डबाट  एस्ट्रेजेनेका १ लाख ३० हजार र जापानबाट एस्ट्रेजेनेका १६ लाख र कोभयाक्स प्रोग्राम अंतर्गत  ऐस्ट्रेजेनेका ३,४८०००  गरी कुल ४४ लाख ८ हज़ार  थान  भ्याक्सिन आएको छ।

चीनबाट १८ लाख अनुदान र ४० लाख भेरोसेल खरीद गरी र त्यसपछि आएको  थप १६ लाख भ्याक्सिन अनुदान हो कि नेपालले किनेको हो  यसबारे स्पष्ट केही थाहा छैन। यो १६ लाख समेत हिसाब गर्दा नेपालमा  ७४ लाख भेरोसेल भ्याक्सिन  भित्रिएका छन्।

भदौ १४ गतेको तथ्यांक अनुसार नेपालमा आएका ऐस्ट्रेजेनेका का ४४,०८,००० खोप मध्ये ४२,६३,१९४ थान खपत  भइसकेको छ। यस खोप को दुबै मात्रा लाउनेको संख्या १०,९९,४५३ छ भने यसको पहिलो डोज लाउनेको संख्या २०,६४,२८८ रहेको छ। अब हेरौ नेपालमा यस खोप को उपलब्धता मात्रै १,४४,९०६ थान रहेको छ।

ऐस्ट्रेजेनेकाको पहिलो खोप लाउने २०,६४,२८८ जनालाई दोस्रो रूपमा यही खोप चाहिन्छ र नेपालसँग जम्मा स्टक १४४९०६ थान रहेको छ।


पूर्ववर्ती सरकारको पालामा २१ लाख कोभीशिल्ड खोप आउदा कुनै परवाह नगरी १६-१७ लाख लाई पहिलो मात्रा वितरण गरियो। दोस्रो मात्रा लाउने बेलामा हाहाकार भयो। लामो समय पश्चात् भ्याक्सिन आयो।  

तर अहिले डाटा हेर्दा अचम्म लाग्छ। पहिलो चरणकै अभियानमा १६-१७ लाखले पहिलो मात्राको खोप लिएका थिए। लामो समय भ्याक्सिन उपलब्ध भएन यो कुरा छाड़ौं तर भ्याक्सिन आए पछि दोस्रो मात्राको खोप लाउनेको संख्या १६-१७ लाख हुनु पर्थ्यो। तर यो संख्या  १०,९९,४५३ मै सीमित हुँदा  यसको कारण बारे अनुसन्धान हुनु पर्ने हो।

पहिलो मात्रा कोभीशिल्ड लिएकाले दोस्रो मात्राका रूपमा ऐस्ट्रेजेनेका लिन किन मानेनन? मोटामोटी रूपमा हेर्दा झण्डै ६ लाख कोभीशिल्ड लिएका मानिसले ऐस्ट्रेजेनेका नलिएको देखिन्छ। विस्तृत विवरण त मन्त्रालयले दिनुपर्ने हो।

पूर्ववर्ती सरकारकै गलती यस सरकारले पनि गरेको देखिन्छ। नेपालसँग अब ऐस्ट्रेजेनेकाको स्टाक १,४४,९०६ मात्रै देखिन्छ र पहिलो डोज लिएका हरुको संख्या २०,६४,२८८ रहेको छ। ऐस्ट्रेजेनेकाको खोप नआउँदा अथवा आउन ढिलो हुँदा १९ लाख मानिस फेरि पहिलो डोजमै सीमित हुन पुग्छन्।

भेरोसेल खोपमा पनि स्थिति यस्तै हुन पुगेको छ।

एक डोजका रुपमा ३२,५३,१९५ ले यो भ्याक्सिन प्राप्त गरेका छन। र दुबै डोज पाउनेको संख्या १९,४५,९८४ रहेको छ। यसको अर्थ नेपालमा भित्रिएको कुल भेरोसेल मध्ये एक डोजका रूपमा ३२,५३,१९५ र दोस्रो डोजका रूपमा १९,४५,९८४X२ =३८,९१,९६८ अर्थात कुल ७१,४५,१६३ थान भेरोसेल भ्याक्सिनको खपत भइसकेको छ।

नेपालमा ७४ लाख भेरोसेल आएका छन। यस मध्ये ७१,४५,१६३ खपत हुँदा स्टकमा जम्मा २,५४,८३७ थान उपलब्ध रहेको देखिन्छ।

पहिलो डोजका रूपमा ३२,५३,१९५ जनालाई केही दिन भित्रै दोस्रो डोज आवश्यक हुन्छ। तर स्टक भने जम्मा २,५४,८३७ रहेको छ।

यस हिसाबले केही दिन भित्रै थप ३० लाख थान भेरोसेल नेपाल आएन  भने भेरोसेलको पहिलो डोज लिएका मानिसको हालत पनि ऐस्ट्रेजेनेका लिएका झै हुनपुग्छ।

नेपालमा भदौ १४ गते उपलब्ध रहेका भ्याक्सिन संख्या –
जोनसन एन्ड जोनसन –    १,८३,०३५
दुइ डोजको ऐस्ट्रेजेनेका –  १,४४,९०६
दुइ डोजको भेरोसेल  –    २,५४,८३७  


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत