महाकालीमा पानीको बहाव बढेपछि आवागमन रोकियो


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै भारत आवागमन गर्न वनबासा पुलमा रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले सोमबार दिउँसोको मापनअनुसार महाकाली नदीमा पानीको बहाव बढेर २ लाख ४५ हजार क्युसेक नाघेको बताए। भारतीय पक्षले पुल जीर्ण रहेको कारण देखाउँदै नदीमा पानीको बहाव १ लाख क्युसेक पुगेपछि ठूला तथा मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएको छ।

‘नदीमा पानी बढेपछि आइतबार बेलुकीदेखि नै वनबासा पुलमा पैदल र मोटरसाइकलबाहेक ठूला सवारी चलेका छैनन्’, प्रहरी नायब निरीक्षक गुरुङले भने, ‘अहिले पानी घट्दो क्रममा रहेको बुझिएको छ।’ पुल बन्द हुँदा नेपाल–भारत आवातजावत गर्ने यात्रुहरु प्रभावित बनेका प्रहरीले जनाएको छ।

गत जेठ महिनायता महाकाली नदीमा दुई पटक ठूलो बाढी आइसकेको छ। यसअघि आएको बाढीले महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल संरचनामा क्षति पुर्याएको थियो। सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडीमा अविरल वर्षा हुँदा र भारतले धौलीगङ्गाको बाँध खोल्दा यहाँ महाकाली नदीमा पानीको बहाव बढ्ने गरेको छ। आइतबार रातिदेखिको वर्षाका कारण दार्चुलामा जनधनको क्षति हुनुका साथै पहाडी जिल्लामा पहिरो जाँदा सडक अवरुद्ध बनेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु