सत्तापक्षकै सांसद भन्छन्- ‘लालबाबुले सकेनन्, अब सरकार फेर्नुपर्छ’


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बने लगत्तै प्रदेश २ सरकार परिवर्तनको हल्ला भएको थियो। 

लोकतान्त्रिक व्यवस्थामा समान्यतः प्रतिपक्षले सरकार परिवर्तनको मुद्दा उठाउँछन्। 

तर, प्रदेश २ मा भने सत्तापक्षकै सांसदहरुले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउन थालेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले खासै चासो नदेखाए पनि सत्तापक्षकै सांसदबाट सरकार परिवर्तन गर्न आवाज उठ्न थालेको छ।

लालबाबु राउत नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्न नसकेको भन्दै संसदभित्र र बाहिरबाट सरकार परिवर्तनको कुरा गरिरहेका छन्।

कोरोनाका कारण प्रदेशसभा अवरुद्ध हुनुअघिसम्म सत्तापक्षका कतिपय प्रदेशसभा सदस्यले सदनमै राउतको खुलेरै आलोचना गरेका छन्।
प्रदेश सरकार कार्यान्वयनमा आएको साढे दुई वर्षको अवधिमा विकास निर्माणदेखि चुनावताका जनतामाझ गरिएका वाचाहरु पूरा गर्न नसकेको सत्तापक्षकै सांसदहरुको आरोप छ। 

मधेश आन्दोलनको जगमा गठन भएको सरकार सहिदले देखेको सपनाविपरीत सरकारमा सहभागी मन्त्रीहरु प्रदेशभन्दा आ-आफ्नो निर्वाचन क्षेत्र जोगाउनमात्र काम गरिरहेको उनीहरुको आरोप छ । 

जसपाका प्रदेशसभा सदस्य मनिष सुमन सरकारको कामकारबाहीप्रति असन्तुष्टि पोख्दै आइरहेका छन्। 

प्रदेशसभा बैठकदेखि बाहिरसम्म राउत नेतृत्वको सरकारको आलोचना गर्ने सत्तापक्षका सांसदमध्ये सुमन एक हुन्।

वर्तमान सरकार परिवर्तन गरेर पार्टीभित्र रहेका योग्य तथा अनुभवी व्यक्तिलाई सरकार नेतृत्वको जिम्मेवारी दिनुपर्ने सुमन बताउँछन्। 

केन्द्र सरकारलाई मात्र दोष लगाएर आफू उम्किने अवस्था नरहेको उनको भनाइ छ।

‘केन्द्रले असहयोग गरेको सत्य हो, तर, आफूले सक्ने काम पनि प्रदेश सरकारले गर्न सकेको छैन्,’ सुमन भन्छन्, ‘केन्द्रलाई मात्र दोष लगाएर आफू चोखो भइन्न।’ 

प्रदेश सरकार तत्कालीन जिल्ला विकास समितिभन्दा माथि उठ्न नसकेको उनको आरोप छ। 

‘जिल्ला विकास समितिले गरे जस्तो माटो पुर्ने, सौन्दर्यीकरण, पिसिसी सडक निर्माणबाहेक प्रदेश सरकारले केही गर्न सकेको छैन,’ सुमन भन्छन्, ‘सरकारले आमनागरिकलाई लाभ पु-याउने गरी ठूला कार्यक्रमहरु ल्याउनु पर्दथ्यो, तर अहिलेसम्म देखिएको छैन।’ 

रोजगारी तथा गौरवका योजना ल्याउन नसक्नु प्रदेश सरकारको असफलता रहेको उनको भनाइ छ।

यसैगरी अर्का प्रदेशसभा सदस्य अशोक यादवले पनि साढे दुई वर्षको अवधिमा प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए। 
मधेशी जनताले ठूलो अपेक्षाका साथ सरकार बनाउने अवसर दिएपनि प्रदेश सरकार जनताको अपेक्षामा खडो उत्रन नसकेकोले परिवर्तन जरुरी रहेको उनले बताए।

दुई पार्टीबीच एकता भइसकेपछि प्रदेशमा मन्त्रिपरिषद् परिवर्तन गर्न संसदीय दलको चुनाव जरुरी छ। 

तर, जसपाले केन्द्रमै समायोजन प्रक्रिया टुंग्याउन सकेको छैन। केन्द्रीय समायोजन टुंगिएपछि प्रदेशको समयोजन गरिने जसपाका एक केन्द्रीय नेताले बताए।

प्रदेशको हकमा एकीकरणपछि पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएको १५ दिनभित्र संसदीय दलको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ। 

तर, प्रदेश २ मा भने जसपाले अझै संसदीय दलको नेता चयन गर्न सकेको छैन।

केन्द्रको समायोजन सकिएलगत्तै प्रदेशमा समायोजन गरेर मन्त्रिपरिषद् परिवर्तन गर्ने वा नगर्ने विषयमा छलफल हुने उनले बताए। 

‘प्रदेशमा सरकार परिवर्तनबारे पार्टीमा पनि छलफल भएको छ, समायोजना नटुंगिदा यसबारे तत्काल केही निर्णय भएको छैन,’ ती नेताले भने, ‘केन्द्रको समायोजन गर्न पाँच÷सात दिन समय लाग्नसक्छ, त्यसपछि प्रदेशको कुरा हुन्छ।’

सत्तापक्षधर सांसदहरुले सरकार परिवर्तनको कुरा गर्न अस्वभाविक नरहेको उनले बताए। 

‘साढे दुई वर्ष बितिसकेको छ, सरकारको ‘परफर्मेन्स’ को कुरा त छँदैछ,’ उनले भने, ‘सबैले अवसर पाउनुपर्ने साथीहरुलाई लागेको छ, यसलाई अस्वभाविक मान्न सकिँदैन।’

दुई पार्टीबीच एकता भएर नयाँ पार्टी बनेपछि संसदीय दलको नेता चयन गर्नुपर्ने भएकोले पनि सरकार परिवर्तनको कुरा उठिरहेको उनले बताए। 

‘केन्द्र र प्रदेश दुबै ठाउँमा संसदीय दलको नेता चयन गर्नुपर्नेछ, संसदीय दलकै नेता मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था छ,’ उनले भने, ‘कतिपय प्रदेश सांसदले आफ्नो पक्षमा लबिङ गरिरहनु भएको छ।’

‘प्रदेशमा अहिले तत्कालीन दुई दलका दुईजना संसदीय दलका नेताहरु हुनुहुन्छ, पार्टी एक भइसकेपछि अब एकजनामात्र हुन्छन्,’ ती नेताले भने, ‘अब राउतजी फेरि संसदीय दलको नेता बन्न पनि सक्नुहुन्छ नबन्न पनि। प्रदेशका सांसदहरुले यसबारे निर्णय गर्नुहुनेछ।’ 

तर, जे निर्णय भएपनि सहमतिमा हुने उनले दाबी गरे।

प्रदेश २ मा तत्कालीन राजपाबाट प्रदेश सरकारमा भौतिक योजनामन्त्री जितेन्द्र सोनल, मनिष सुमन, उपेन्द्र महतोलगायतका नेता संसदीय दलको नेता बन्न पार्टीभित्र लबिङ गरिरहेको बुझिएको छ। 

यसैगरी तत्कालीन समाजवादी पार्टीबाट प्रदेश सरकारमा आर्थिक योजनामन्त्री रहेका विजय यादव राउतलाई हटाएर आफू संसदीय दलको नेता बन्न चाहिरहेको पार्टी स्रोतले बताएको छ। 

मुख्यमन्त्री राउत जसपाकी नेतृ रेणु यादव पक्षधर मानिन्छन् भने आर्थिक योजनामन्त्री यादव अध्यक्ष उपेन्द्र यादव पक्षधर रहेको बताइन्छ। 

पार्टीको प्रदेश २ समिति अध्यक्षसमेत रहेका यादव यसअघिपनि मुख्यमन्त्री बन्ने प्रयास गरेका थिए। तर, त्यतिबेला उनलाई पन्छ्याएर राउतले बाजी मारेका थिए।

जसपाका प्रवक्ता केशव झाले पार्टी अध्यक्ष महन्थ ठाकुर अस्वस्थ्य हुँदा केन्द्रमा समायोजन टुंग््याउन केही समय लागेको बताए। 

‘पेसमेकरमा समस्या आएपछि ठाकुरजी अस्पताल भर्ना हुनुप-यो, अर्का अध्यक्ष उपेन्द्रजी पनि राजधानी बाहिर हुनुहन्थ्यो,’ झाले भने, ‘केही दिनभित्रै दुबै अध्यक्षले समायोजनबारे टुंगो लगाउनुहुन्छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख