कथित मसिहाबाट मधेशी जनताको मुक्ति सम्भव छैन : प्रचण्ड


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कथित मधेशका मसिहाबाट मधेशी जनताको मुक्ति सम्भव नरहेको बताएका छन्।

सर्लाही समन्वय समिति काठमाडौंले सोमबार जोरपाटीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने,‘माओवादीलेमात्रै मधेशी जनतालाई मुक्ति दिलाउनसक्छ। दलालहरू मधेशको मसिहा बनेर लुट्न खोजेका छन्। उनीहरूबाट सावधान भएर बस्नुस्।’

प्रचण्डले माओवादीलाई बदनाम गराउन गौर हत्याकाण्ड गरेर मधेशमा भ्रम छरिएको जिकिर गर्दै त्यस्ता भ्रमलाई चिर्न निर्देशन दिए।

प्रदेश २ माओवादीमय नभएसम्म मधेशी जनताले अधिकार पाउन नसक्ने उनले बताए। माओवादीले मत नपाउँदा विगत तीन वर्षको परिणाम सबैले भोगिसकेको उनको भनाइ थियो।

केपी ओलीले परिवर्तनको विरोध गरेर संघीयता, लोकतन्त्र र संविधानलाई धरापमा पार्ने काम गरेको उनले बताए। उनले भोलि गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने विषयलाई अन्तिम रूप दिइने बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु