पनौती र पाँचखाल नगरपालिकासँग नबिल बैंकको वित्तीय पहुँच समझदारी


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं

नबिल बैंकले काभ्रेका पनौती र पाँचखाल नगरपालिकासँग उद्यम कर्जाका लागि वित्तीय पहुँच समझदारी गरेको छ।

नबिलका नायब प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुजितकुमार शाक्य र पनौती नगरपालिकाका मेयर भीम न्यौपाने तथा बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र पाँचचखाल नगरपालिकाका उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार ती नगरपालिकाले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम–तालिम लिएर उद्यम गर्न चाहनेलाई नगरपालिकाको सिफारिसमा बैंकले कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम–तालिममा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य छ।

समझदारी हस्ताक्षर कार्यक्रममा नबिलका नायब सिइओ शाक्यले समझदारीपछि पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रूपान्तरणमा सहयोग गर्ने र एक वर्षभित्र सफलताका कथा सुन्न आतुर भएको बताए।

पनौती नगरपालिकाका मेयर न्यौपानेले नबिलको ‘दिगो बैंकिङ’ ले निम्नवर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आसा गर्दै वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पु¥याइ नगरपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे।

पाँचखालका कार्यक्रममा उपमेयर दनुवारले पाँचखाल शाखालाई नबिलले दिगो बैंकिङ पाइलट शाखा बनाएकोमा धन्यवाद दिँदै बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा हातेमालो गर्ने बताइन्।

नबिलले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायीकरण र उद्यमशिलता विकासका लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ दुर्गम शाखाबाट सञ्चालन गरी ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्ममशील कर्जा’ प्रवाह गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु