सजिलैसँग टुङ्गिएको कर्णाली प्रदेश र सुर्खेत 


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


कर्णाली विवादरहित ढंगले निप्ट्याएको थियो। नामको विषयमा त कुनै दलभित्र पनि विवाद थिएन। 

पहिल्यैदेखिको पहिचान भएका कारण पनि कर्णाली राख्नेमै सबै दलको सहमति जुटेको थियो। 

तर, राजधानी कहाँ तोक्ने भन्ने विषयमा भने केही फरक मतहरू प्रकट भएकै हुन्। तर, पनि सत्तारुढ, प्रतिपक्षको एकआपसमा भएको सहमतिले पनि अन्य प्रदेशको जस्तो जनस्तरमै विवाद आउने काम भएन। 

सबै पार्टीको मनोविज्ञान नै वीरेन्द्रनगरलाई राजधानी तोक्ने भएकाले पनि संसद‌्भित्र त्यतिवघ्न विवाद नदेखिएको प्रदेशसभाका सभामुख राजबहादुर शाही बताउँछन्। 

‘पहिलो कुरा त सबै पार्टीको मनोविज्ञान नै वीरेन्द्रनगरलाई नै राजधानी बनाउने भन्नेमा थियो। त्यसले पनि सहज वातावरण बनेको हो,’ उनले भने, ‘दोस्रो अन्यत्र राजधानी तोकेर प्रशासनिक कामहरू थाल्नेजस्ता पूर्वाधार पनि विकास भइसकेको थिएन, त्यसैले पनि निर्विकल्प वीरेन्द्रनगर नै तोकियो।’

उनले प्रदेशको नाम र राजधानीका लागि प्रमुख प्रतिपक्षीलाई नै प्रस्तावक बनाएकाले पनि अन्यत्रजस्तो संसद्मा हंगामा नै नभएर दुवै विषय टुंगोमा पुगेको बताए। 

यस्तै, फरक मत भएकालाई पनि विचार रेकर्डका लागि व्यक्त गर्न दिने तर, मतचाही प्रस्ताव गरिएकै ठाउँका लागि हाल्ने परिपाटी मिलाइएपछि पनि जनस्तरसम्म विवाद नपुगेको दावी गरे। 

वीरेन्द्रनगरका विषयमा प्रदेश सरकारभित्रकै केही नेताहरू तयार थिएनन्। उनीहरूले मौसमी राजधानीको प्रस्ताव पनि ल्याएका थिए। 

आन्तरिक मामीला तथा कानुनमन्त्री नरेश भण्डारीले ग्रिमकालीन राजधानी जुम्लामा र बर्खे राजधानी वीरेन्द्रनगरलाई तोकिनुपर्ने भन्ने प्रस्ताव राखेका थिए। 

तर, बहुमत सांसद्हरूको मत वीरेन्द्रनगरकै पक्षमा देखिएपछि उनी पनि पछि आफ्नो अडानबाट पछि हटे। 

सबै कुरामा पछाडि परेको प्रदेश भएकाले एउटा भए पनि अन्य प्रदेशका लागि सकारात्मक सन्देश दिनका लागि पनि विवादरहित ढंगले दुवै विषय टुंगो लगाइएको सभामुख शाहीले बताए। 

‘हामी सबै कुरामा पछाडि थियौं, सबैको ध्यान यतातिर खिच्नुपर्ने पनि थियो। त्यही कारण पनि हामीले यो कामलाई विवादरहीत बनाएका हौं,’ उनले भने। 

प्रदेश सरकारले भने जनस्तरमा विरोध हुन्छ कि भन्ने शंकाले यो विषय केही पछि सार्ने मनसाय व्यक्त गरे पनि सबै सांसदहरूको दवावका कारण छिटो टुंग्याएको शाहीको दावी छ। 

यस्तै, कानुनमन्त्री नरेश भण्डारी पनि त्यतिबेला सबैको सहमति भएकाले वीरेन्द्रनगरलाई स्वीकारेको बताए। संसद्मा दुई विकल्प राखिए पनि वीरेन्द्रगरकै पक्षमा सबैको मत देखिएपछि स्वीकारेको उनी बताउँछन्।

यस्तै, नेकपा एमालेका नेता यामलाल कंडेल भने संसद्मा त्यतिबेला एमालेको बहुमत भएका कारण पनि आफूहरूको पहलले विवादरहित ढंगले नाम र राजधानी टुंगो लागेको बताउँछन्। ‘जम्मा ४० सदस्यमध्ये तत्कालीन एमालेकै २० सदस्य थियौं। मेरै नेतृत्वमा कार्यदल गठन गरी कर्णालीका समृद्धिका आधारहरू भन्ने पुस्तक निकाल्यौं। त्यहीबाट राजधानी र नामकरणका विषयमा छलफल चलायौं,’ उनले भने, ‘पछि प्रतिपक्षी कांग्रेसँग छलफल गर्दा पनि उहाँहरू सहमत देखिनुभयो। त्यसपछि माओवादी पनि सहमत हुन बाध्य भयो।’ 

उनले तत्कालीन माओवादीका सांसदहरू तयार नदेखिए पनि यस विषयमा राखिएको छलफलमा मुख्यमन्त्रीले नै आएर वीरेन्द्रनगरको पक्षमा रहेको बताएपछि सहज ढंगले यो विषयलाई अवतरण गराएको कंडेलले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न