उत्तर कोरियाद्वारा आणविक भट्टी सुचारु


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


प्योङयाङ– उत्तर कोरियाले आफ्नो एक महत्वपूर्ण आणविक केन्द्र सुचारु गरेको छ। प्योङयाङले योङबायोन आणविक केन्द्र सुचारु गरेको राष्ट्रसंघको आणविक निकायले जनाएको हो। केन्द्रबाट आणविक बिस्फोटमा प्रयोग हुने प्लुटोनियम उत्पन्न भइरहेको अन्तर्राष्ट्रिय आणविक उर्जा निकाय (आइएइए) ले जनाएको हो।

योङवायोन आणविक भट्टीबाट जुलाईदेखि चिसो पानी बगिरहेकोले उत्तरले आफ्ना आणविक गतिबिधि सुचारु गरेको पुष्टि भएको आइएइएको भनाई छ। पाँच मेगावाट रेक्टरको योङवायोन केन्द्र उत्तर कोरियाको महत्वपूर्ण आणविक भट्टी हो।

सन् २०१८ मा अमेरिकाका तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेता किम जोङ उनबीचको भेटवार्तापछि सो आणविक भट्टीलाई प्योङयाङले बन्द गरेको थियो। आइएइएका अनुसार सो केन्द्र परिसरमा रेडियो केमिकल प्रयोगशाला छ। केन्द्र बिगत पाँच महिनादेखि सञ्चालनमा आएको जनाइएको छ।

केन्द्र वरपर भएका गतिविधि राष्ट्रसंघको सुरक्षा परिषदको निर्णय विपरित भएको आइएइएले जनाइएको छ। यसैबीच दक्षिण कोरियाले उत्तर कोरियाका गतिविधिलाई चासोपूर्वक हेरेको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु