प्रदेश २ : नाम पनि जुरेन, राजधानीको ठेगानै भएन


विचार
आयोमेल संवाददाता
बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा

आयाेमेल संवाददाता
ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले

आयोमेल संवाददाता
नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह


प्रादेशिक संरचना कार्यान्वयनमा आएको साढे दुई वर्ष बितिसक्दा पनि प्रदेश २ ले अझै स्थायी राजधानी र नाम पाउन सकेको छैन।

स्थायी राजधानी जनकपुलाई तोक्ने विषयमा प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू लगभग सहमत रहे पनि नामकरणको किचलो कायमै छ। 

प्रदेश सरकारले नाम र राजधानीको प्रस्ताव ल्याउन नसकेपछि सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठित संसदीय समितिले दलहरूसँग छलफल गरेर विवाद टुंग्याउन प्रस्ताव लगेको थियो।

गत फागुनमा प्रदेशसभामा प्रस्ताव पेश भए पनि सत्तापक्ष र प्रतिपक्षी दलहरु आ-आफ्नै अडानमा कायम रहेपछि स्थायी राजधानी र नामको टुंगो लाग्न सकेन। 

यहाँसम्म कि सरकार स्वयंले पेश नगरेपनि सरकारमा सहभागी दलको तर्फबाट आएको प्रस्तावले समेत प्रदेशसभामा दुई तिहाइ मत पु-याउन असफल भयो।

सरकारमा सहभागी तत्कालीन समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) ले ‘मधेश प्रदेश’ प्रस्ताव गरेको थियो। 

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपाले ‘जानकी’ र प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेको थियो। 

यसैगरी कांग्रेसकै एकजना प्रदेशसभा सदस्य राजेश्वर साहले दलको निर्णयविपरीत प्रदेशको नाम ‘मध्य मधेश’ प्रस्ताव गरेका थिए भने, सत्ताधारी दलका सिंहासन यादवले राजधानी सिम्रौनगढसहित वीरगन्ज हुनुपर्ने प्रस्ताव दर्ता गराएका थिए। तर, प्रदेशसभामा कुनै प्रस्तावले दुई तिहाइ पु-याउन सकेन।

‘मधेश प्रदेश’ नाम पारित गराउन नेकपा र कांग्रेसले सहयोग नगरेको भन्दै जनकपुरलाई राजधानी तोक्न सहमति जनाइसकेका सत्ताधारी दलका सांसदहरुले विपक्षमा मतदान गरे। 

१०७ जना प्रदेशसभा सदस्य रहेको प्रदेश २ मा सत्ताधारी दलका ५५, नेकपाका ३२, नेपाली कांग्रेसका १९ र नेपाल समाजवादी पार्टीका १ जना सांसद छन्। 

संवैधानिक व्यवस्थाअनुसार प्रदेशको स्थायी राजधानी र नाम तोक्न दुई तिहाइ अर्थात ७२ मत जरुरी हुन्छ।

सत्तारुढ दलले प्रस्ताव गरेको ‘मधेश प्रदेश’ को पक्षमा ६० मत र विपक्षमा ४६ मत परेको थियो भने १ मत बदर भयो।

यसैगरी नेकपाले प्रस्ताव गरेको ‘जानकी’ को पक्षमा ३७ र कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला–भोजपुरा’ को पक्षमा २८ मत खसरे अस्वीकृत भएको थियो। 

नाम र स्थायी राजधानीको प्रस्ताव फेल भइसकेपछि अब पुनः प्रक्रियामा जानुपर्ने बाध्यता छ।

प्रदेश नामकरणमा दलहरुबीच असहमति रहेपनि सत्ताधारी दलका प्रदेश सांसदहरुले सहमतिविरुद्ध मतदान गरेपछि जनकपुर राजधानी बन्न नसकेको प्रतिपक्षी दलको आरोप छ। 

‘संसदीय विशेष समितिमा जनकपुरलाई राजधानी बनाउन सबै दलले सहमति जनाइ सकेको थियो,’ नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव भन्छन्, ‘तर, मधेश प्रदेश पारित नभएको आक्रोशमा सत्ताधारी दलका सांसदहरुले नै विपक्षमा मतदान गरेपछि राजधानीको पनि टुंगो लाग्न सकेन।’

पहिले राजधानीको टुंगो लगाएर नामकरणको प्रस्तावमा मतदान गर्ने कार्यसूची तयार भएको थियो। 

तर, मुख्यमन्त्री लालबाबु राउतले सभामुखलाई दबाब दिएर पहिले नामकरण र पछि राजधानी तोक्न कार्यसूची बनाउन लगाएको त्यतिबेला प्रतिपक्षी दलका सांसदहरुले आरोप लगाएका थिए। 

कांग्रेस संसदीय दलका नेता यादव सरकारको बदमासीले प्रदेशका नागरिक ‘दुई नम्बरी’ भएर बस्नु परेको बताउँछन्। 

‘नामकरण तय गर्न प्रतिपक्षी दलले लचकता देखायो तर, सरकारमा सहभागी दलहरू आफ्नो अडानबाट पछि हटेनन्’ यादव भन्छन्, ‘त्यतिबेला सरकारले थोरै पनि लचकता देखाएको भए नाम र राजधानीको विवादले साम्य भइसक्थ्यो होला।’

जनकपुरलाई राजधानी बनाउन सरकारले मधेश प्रदेशसँग बार्गेनिङ गरेपछि स्थायी राजधानीको पनि टुंगो नलागेको उनको भनाइ छ। 

प्रदेशको नाम र स्थायी राजधानी तोक्न अब सरकारको काम नरहेको भन्दै यादवले सभामुख नेतृत्वको समितिले नै प्रक्रिया अघि बढाउने जानकारी दिएका छन्।

‘सरकारले नसकेपछि हामीले सभामुखको नेतृत्वमा समिति बनाएका छौं, त्यहि समितिले फेरि प्रक्रिया अघि बढाउँछ,’ उनले भने, ‘दसैं, छठपछि सम्भवतः राजधानी र नामको प्रस्ताव प्रदेशसभामा आउँछ।’

यसअघि आएका प्रस्तावहरु ‘फेल’ भइसकेकोले स्थायी राजधानी र नाम तोक्न दलहरुबीच सहमतिका साथ अघि बढ्नुको विकल्प छैन।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै

ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ। गैरआवासीय

नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह ४ बजेसम्मको अल्टिमेटम दिएको छ। उक्त समूहको स्थायी कमिटीका सदस्यहरुको

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

काठमाडौं–मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ। लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक