प्रदेश १ ले बल्लबल्ल राजधानी पायो, नामै पाएन


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


प्रदेशसभा संचालनको १६ महिनापछि गत साल बैशाख २२ गते प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई नै स्थायी राजधानी बनाउने निर्णय भयो। 

सत्तारुढ दल नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संसदमा पेश गरेको राजधानी सम्बन्धिको प्रस्तावमा ९३ सांसदमध्ये ८६ जनाले मतदान गरेका थिए, भने विपक्षीमा एउटा पनि मत परेन। 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएपछि विराटनगर नै प्रदेश १ को राजधानी तय भएको थियो। 

राजधानीको दाबी गर्ने तीन सहर इटहरी, धरान र धनकुटालाई विभिन्न सरकारी कार्यालय राख्ने आश्वसन मुख्यमन्त्री शेरधन राईबाट आयो। 

तर, विराटनगरलाई राजधानी बनाउने समयमा भने बहुसंख्यक प्रदेशसभा सदस्यले इटहरीलाई राजधानी बनाउनुपर्ने अडान लिए। 

तथापि, मुख्यमन्त्री राईले ‘बृहत विराट विकास क्षेत्र’को अवधारणा ल्याइ कार्यपालिका र व्यवस्थापिका संरचना विराटनगर, इटहरी र सुन्दर हरैँचा आसपास राख्ने आस्वसन दिएका दिएपछि सांसदहरु मथ्थर भए। र, यसरी प्रदेश १ को राजधानी विराटनगर नै कायम भयो।

तय भयो नाम राख्न भने सकस भइरहेको छ। 

संसदको छैठौ अधिवेशन सकिदाँसमेत प्रदेश नामाङ्कनको विषयले संसदमा प्रवेश पाउन सकेको छैन। 

यद्दपि अनौपचारिक रुपमा दलहरुबीच छलफल भने चलेको नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए। 

प्रदेश १ मा अहिले ‘कोसी’, ‘किराँत’ र ‘सगरमाथा’को नाम चर्चामा छन्। नेकपाका कतिपय बैठकमा पनि यी नामबारे छलफल भएका छन्। तर, अहिलेसम्म संसदमा यसको बारेमा औपचारिक प्रस्ताव र छलफल हुन सकेको छैन। 

उनले आउने हिउँदे अधिवेशनमा कुुनैपनि हालतमा प्रदेश १ ले नाम पाउने बताउँदै भने ‘चाडपर्व सकिएपछि संसदको अधिवेशनले प्रदेश १ को नाम टुङ्गो लगाउँछ।’ 

राजभण्डारीले अनौपचारिक छलफलमा कोशी, किरात र सगरमाथाको नाम आइरहेको बताउँदै सबैको भावनालाई सम्बोधन हुनेगरी प्रदेशको नाम राखिने बताए। 

नेपाली कांग्रेसले दुई तिहाइको गणितीय संख्या हुँदाहुँदै पनि सत्तारुढ दल नेकपाले जनभावनाको अपमान गरेको आरोप लगाउँदै आएको छ। 

कांग्रस सचेतक सूयर्माराज राईले यतिका समय विपीक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाम र राजधानीका लागि दबाब दिए पनि छैठौं अधिवेशनमा कार्यसूचीबाट नामाङ्कनको विषय सरकारले हटाइएको उनको आरोप छ।

‘नेकपा प्रष्ट रुपमा संविधान र कानूनको मर्मविपरीत चलिरहेको छ’ उनले भने ‘विशुद्ध संसदीय अधिकार भित्र रहेको कुरालाई नेकपाको हेडक्वाटरले हस्तक्षेप गर्ने जुन कुरा प्रष्ट देखिएको छ, यो संविधान, सार्वभौम अधिकार र संसदीय मर्यादाविपरीत छ।’

समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयराम यादवले प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत हुँदाहुँदै पनि अझैसम्म नाम राख्न नसक्नु लजास्पद रहेको टिप्पणी गरे। 

उनले अब आउने सातौँ हिउँदे अधिवेशनमा कुनैपनि हालतमा प्रदेशको नाम राख्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको भन्दै नाम राख्दा पहिचानलाई आधार बनाउनुपर्ने तर्क गरे। 

‘सरकारका तर्फबाट प्रश्तावित नाम आए मात्र हामी विपक्षी दलहरुले आफ्नो धारणा बनाउने हो’ उनले भने ‘चाहे भुगोल, नदीनाला होस् नाम र पहिचान कै आधारमा राखिनुपर्छ।’

२०७६ सालको दशैं अघि नै प्रदेश १ ले नाम पाउने दाबी गरेका मुुख्यमन्त्री शेरधन राईले स्थायी राजधानीसम्म टुँग्याएर उपलब्धि नै भएको सार्वजनिक रुपमा बताउँदै आएका छन्।

पाँचौ तथा हिउँदे अधिवेशनमा प्रदेशले नाम पाउनेमा ढुक्क हुने आश्वसन दिएपनि कोरोना कहरका कारण आकस्मिक रुपमा गत साल चैत ६ गते प्रदेश सभाको बैठक स्थगित भयो। 

२०७७ साल बैशाख ३ गते बुधबार औपचारिक रुपमा अधिवेशन अन्त्य भएको घोषणा भयो। 

आर्थिक वर्ष २०७७, ७८ का लागि बजेट पारित गर्न कोरोना त्रासकै बीच बजेट अधिवेशन संचालन गरिएपनि यो बीचमा बजेट बाहेकका विषयले पनि संसदमा प्रवेश पाए। 

तर, नामाङ्कनको विषयले भने प्रवेश पाएन। छोटो समय चलेको संसद अधिवेन साउन ९ गते शुक्रवार अन्त्य भएको घोषणा गरियो। 

अधिवेशनको अन्त्यमा बोल्दै मुख्यमन्त्री शेरधन राईले आफूले पाँचौ अधिवेशनमै प्रदेशको नाम राख्ने प्रयास गरेपनि पर्याप्त छलफलका लागि समय नमिलेको र अहिले कोरोनाले उपयुक्त अवसर नमिलेको भन्दै सातौँ अधिवेशनमो प्रदेशले नाम पाउनेमा ढुक्क हुन आग्रह गरेका थिए। 

‘अब हामी धेरै समय कुराउँदैनौं, ढुक्क हुनुहोस् सातौं अर्थात हिउँदे अधिवेशनमा जनताको भावना सम्बोधन हुनेगरी प्रदेशको नाम आउनेछ’ मुख्यमन्त्री राईले भनेका छन्।

योसँगै प्रदेश १ को नाममा विभिन्न जातीय संगठनहरू पनि जुर्मुराईरहेका छन्। जस्तो कि, लिम्बुवान, किराँतलगायतका जातीय संगठनले आआफ्नै नाममा प्रदेशको नामाकरण गर्न पनि दाबाव दिइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।