पिएसजीमा मेस्सीको डेब्यु, एम्बाप्पेको दुई गोल


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– अर्जेन्टिनी स्टार लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ।
आइतबार राति भएको खेलमा पिएसजीले राइम्सलाई २–० गोल अन्तरले पराजित गरेको हो।

यो सिजनमा बार्सिलोनाबाट पिएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका हुन्। मेस्सीले वैकल्पिक खेलाडीको रुपमा ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान प्रवेश गरेका हुन।

यसअघि मेस्सी कोपा अमेरिकाको उपाधि जितेपछि मैदान बाहिर रहँदै आएका थिए। मेस्सीको डेब्यु खेलमा पिएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए।

खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदूपयोग गर्दै एम्बाप्पेले पिएसजीलाई अग्रता दिलाएका थिए। ६३ औँ मिनेटमा हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरेका थिए।

जितसहित पिएसजीले चार खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। राइम्स ३ अंकसहित रेलिगेशन जोन नजिक छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु