डा. केसीको जीवन रक्षा माग गर्दै जनकपुरमा प्रदर्शन


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ। पछिल्लो २४ दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको भन्दै स्थानीय युवाहरूले बुधबार जनकपुरमा प्रदर्शन गरेका हुन्।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान अन्तर्गतको कोभिड क्विक रेस्पोन्स टीम तथा स्थानीय युवाहरूको आयोजनामा भएको प्रदर्शनका सहभागीहरूले तत्काल वार्ता गरेर डा.केसीको जायज मागहरू पूरा गर्न सरकारसँग माग गरेका छन्।

‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी सबै डा.केसीको साथमा’ नारासहित प्रदर्शनमा उतरेका युवाहरूले स्वास्थ्य शिक्षा सुधार जस्तो महत्वपूर्ण माग राखेर अनशनमा रहेका डा. केसीसँग संवादसमेत नगर्ने सरकार तानाशाहीतर्फ उन्मुख भइरहेको उनीहरूले आरोप लगाएका छन्।

आमनागरिकको हितलाई ध्यानमा राखेर अनशनमा रहेका डा.केसीको माग सम्बोधनगर्न तर्फ सरकारले चासो नदेखाएपछि युवाहरूले प्रदर्शन गरेको तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहले बताए। सरकारले तत्काल वार्ता गरेर केसीले उठाएको माग सम्बोधन नगरे आफूहरू सशक्त आन्दोलनमा उत्रन बाध्य हुने साहले चेतावनी दिएका छन्।

तीन सातादेखि अनशनमा रहेका डा. केसीको माग सम्बोधन नगरेर सरकारले दम्भ देखाएकोले दबाबस्वरुप प्रदर्शन गरेको युवा चन्दन रायले बताए।

प्रदर्शनमा सम्झना वर्मा, युवा अभियानी सरोज मिश्र, दीपक ठाकुर, बलराम साह, किसन साहलगायतका दर्जनौं युवाहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख