टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ पहिलो चरणको डिजिटल भोटिङ सुरु


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ को शुक्रबार र शनिबार सकिएको पहिलो चरणको डिजिटल भोटिङ सुरु भएको छ।

भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा यो रियालिटी शो सञ्चालन भइरहेको छ।

नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिको आयोजनामा युनिक डिजिटल अनलाइन ट्यालेन्ट हन्ट रियालिटी शो प्रत्येक शुक्रबार र शनिबार राति ८ः४५ बजे नाइस टेलिभिजन एचडीमा प्रशारण हुँदै आएको छ। आयोजकका अनुसार स्याटेलाइट टिभीबाट नेट टिभी, डिस होम, प्रभु टिभी, मेरो टिभी र क्लियर टिभीमा पनि शो प्रशारण हन्छ।

डिजी पेको एप डाउनलोड गरे एक भोट निःशुल्क

डिजिटल पेमेन्टको क्षेत्रमा दरिलो बजार हिस्सा ओगट्न सफल कम्पनी डिजी पे मुख्य प्रयोजक रहेको ट्यालेन्ट हन्ट प्रतियोगिताको पहिलो चरणमा सहभागी प्रतिस्पर्धीलाई भोट दिन डिजी पे एप डाउनलोड गर्नुपर्छ। एन्ड्रोइड र आइओएस अपरेटिङ सिस्टममा दुवैबाट भोट दिन पाइन्छ। डिजी पेको एप डाउनलोड गर्दा एक भोट निःशुल्क दिन पाइने छ।

‘पहिलो चरणको आफूलाई मन पर्ने प्रतियोगीलाई भदौ २१ सम्म भोट दिन पाइन्छ,’ डिजी पेका प्रबन्ध निर्देशक दिवाकर पाण्डेले भने, ‘त्यसकारण उत्कृष्ट प्रतियोगी छनोट गर्न सकेसम्म धेरै भोट गर्नुहोस्।’

आयोजकका अनुसार डिजी पेको एपबाट भोट दिँदा एक भोटबराबर एक अंक गणना हुनेछ। त्यसबाहेक अतिरिक्त भोट दिन शुल्क लाग्छ।

सोसल मिडिया प्वाइन्ट

त्यसैगरी प्रतियोगीहरूलाई फेसबुक पेजबाट भोट दिँदा एक लाइकबराबर एक अंक, एक सेयरबराबर एक अंक, इन्स्टाग्राममा एक लाइकबराबर एक अंक, युट्युबमा एक लाइकबराबर एक अंक र एक भ्युबराबर एक अंक तथा टिकटकमा एक लाइकबराबर एक अंक प्राप्त हुनेछ।

‘तर, डिजी पेको अफिसियल फेसबुक, युट्युब, इन्स्टाग्राम र टिकटक पेजबाट मात्र लाइक गरी भोट दिन पाइन्छ,’ पाण्डेले भने।

प्रतियोगिताका चरण
आयोजकका अनुसार छनोट चरणमा चार समूह हुनेछन् र हरेक समूहमा ३० जना प्रतियोगीले आफ्नो प्रस्तुति दिनेछन्। उक्त समूहमा प्रत्येक विधाबाट संगीतमा १०, नृत्यमा १० र अभिनयमा १० जना सहभागी हुनेछन्। छनोट चरणबाट प्रत्येक विधाका तीन–तीनजना प्रतियोगी छनोट भई दुई सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

त्यसैगरी दुईवटा सेमिफाइनलबाट प्रत्येक विधाका चारजना छनोट भई ग्रान्ड फिनालेमा पुग्नेछन् र हरेक विधाबाट एक–एकजना प्रमुख विजेता हुनेछन्।

पुरस्कार र छनोट प्रक्रिया
यस युनिक अनलाइन प्रतियोगितामा प्रत्येक विधाका तीन–तीनजनाले भारतस्थित टि सिरिज स्टेज वर्क गुहावटी र काइजेन इन्कका तर्फबाट सतप्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत गरी कूल नौवटा छात्रवृृत्तिको पुरस्कार प्राप्त गर्नेछन्।

१. प्रमुख विजेता :
निर्णायकको अंक तथा डिजिटल भोटको अंक जोडी प्रत्येक विधाबाट एकजना प्रमुख विजेता छनोट हुनेछ। विजेताले सतप्रतिशत छात्रवृत्ति पाउने छ।

२. उपविजेता (डिजी पे पपुलर च्वाइस अवार्ड) :
प्रमुख आयोजक डिजी पेको एपबाट प्रत्येक विधाबाट जुन प्रतियोगीले सबैभन्दा धेरै भोट प्राप्त गर्छ, उसले ७५ प्रतिशतको छात्रवृत्ति पाउने छ।

३. सोसल मिडिया अवार्ड (तेस्रो स्थान) :
सोसल मिडियामा प्रतिस्पर्धीहरूको भिडियोमा आएका लाइक, सेयर र भ्युको अंकका आधारमा प्रत्येक विधाबाट एक–एकजना छनोट हुनेछन् र उनीहरूले ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन्।

काइजेन इन्कका कार्यकारी अधिकृत सुष्मा मानन्धरले विजेता तथा प्रतिस्पर्धीले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक उपहारहरू समेत प्राप्त गर्ने जानकारी दिइन्।

आयोजकका अनुसार छनोट चरणका आठ, सेमिफाइनलका दुई र ग्रान्ड फिनाले (अन्तिम चरण) को एकसहित ११ शृंखलामा पूरा हुने रियालिटी शोमा हरेक चरणमा तीनवटै विधाका दुई–दुई अलग सेलिब्रिटी निर्णायक रहनेछन्। यस्ता दिग्गज सेलिब्रिटी निर्णायक भएको यो पहिलो कार्यक्रम हो।

टि सिरिज जस्तो भारतकै ठूलामध्ये पर्ने मनोरञ्जन कम्पनीको सहयकार्यमा आयोजना भइरहेको यो प्रतियोगिता गायन, नृत्य र अभिनय क्षमता भएर पनि बाहिर आउन नसकेका प्रतिभाहरूका लागि उत्कृष्ट ‘प्लेटफर्म’ हुने डिजी पेका प्रबन्ध निर्देशक पाण्डेको भनाइ छ।

‘यो ट्यालेन्ट हन्टमा छात्रवृत्ति जितेर भारत पढ्न जाने विजेताहरूले भारतीय चलचित्र उद्योग बलिउडमा समेत प्रवेश पाउने उच्च सम्भावना छ,’ पाण्डेले भने, ‘यसका कारण टि सिरिजका नृत्य, गायन, अभिनयलगायत उत्पादनमा टि सिरिज स्टेज वर्क्सका हाेनहार विद्यार्थीहरूलाई मौका दिने गरिन्छ। त्यसैले यो प्रतियोगिताको नारा ‘टिकेट टु बलिउड’ रहेको हाे।’

त्यसैगरी काइजेन इन्कका कार्यकारी अधिकृत मानन्धरले कार्यक्रमपछि आफ्नो प्रतिभा थप निखार्न काइजेन इन्कमा सम्पर्क गरी टि सिरिज स्टेज वर्क गुहावटीमा आफूलाई रोजेको विषयमा अध्ययन गर्न सकिने पनि जानकारी दिइन्।

‘आफूभित्र रहेको गायन, अभिनय र नृत्य प्रतिभालाई लुकाएर नबस्नुस्, हामीसँग जोडिनुहोस्,’ मानन्धरले भनिन्, ‘भोलि तपाईंका लागि बलिउडको ढोका नखुल्ला भन्न सकिन्नँ। मिहिनेत गरौं, परिश्रमको फल अवश्य पाइने छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।