एमालेमा विभाजनको फाटो ल्याउने व्यक्ति केपी ओली हुन् : माधव नेपाल


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,



काठमाडौं– नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा विभाजनको फाटो ल्याउने व्यक्ति केपी शर्मा ओली रहेको आरोप लगाएका छन्। नेकपा(एकीकृत समाजवादी) को संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीको व्यक्तिवादी सोच र दम्भका कारण एमाले विभाजित भएको बताएका हुन्।

पहिले नेकपा र पछि एमालेलाई विभााजन गर्ने क्रम ओलीले सुरू गरेको उनले उल्लेख गरेका छन्। ‘९औं महाधिवेशनपश्चात उहाँभित्र व्यक्तिवाद चरित्र देखा पर्न थाल्यो, आलोचना गर्नेहरू पाखा लगाइए,’ नेपालले भने,‘आफ्नै पार्टीभित्र अन्याय सह्नुपर्ने अवस्था आयो। ओलीको गलत व्यवहार र व्यक्तिवादी सोँचका कारण पार्टी विभाजन भएको हो।’ अध्यक्ष नेपालले संसदभित्र पनि बोल्न नदिने अवस्था ओलीले सिर्जना गरेको आरोप लगाए।

‘संसदभित्रै बोल्नै नदिने स्थिति सिर्जना गरियो, संसदभित्र बोल्न चाकरी गर्नुपर्ने अवस्था आयो,’ उनले भने,‘उहाँको उठबस् दक्षिणपन्थीसँग हुनथाल्यो। वामपन्थी विचारलाई पाखा लगाएर दक्षिणपन्थीको इशारामा हिँड्न थाल्नुभयो।’

ओलीको व्यक्तिवादी चरित्रको आफूहरू शिकार हुँदा पनि एमालेलाई एकताबद्ध बनाउन हरसम्भव प्रयास गरेको उनले बताए।
‘उहाँको व्यक्तिवादी चरित्रको हामी सँधै शिकार भइरह्यौं, पार्टीभित्र शालीनताका साथ कुरा राखेर प्रतिवाद ग¥यौं,’ उनले भने,‘तर, उहाँ कहिल्यै सच्चिनुभएन। नतमस्तक हुने व्यक्तिलाईमात्रै मौका दिनुभयो।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप