लगातार वर्षाः झापाको दक्षिण क्षेत्र डुबानको उच्च जोखिममा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


झापा– निरन्तर वर्षाका कारण झापामा एकसय बढी घर डुवानको उच्च जोखिममा परेका छन्। वर्षाका कारण जिल्लाको ग्रामीण क्षेत्रसँगै समग्र जिल्लाको जनजीवन प्रभावित बनेको छ। झापा भएर बग्ने अधिकांश नदी तथा खोलामा भेलबाढी आएको छ।

जिल्लाको उत्तरी क्षेत्रको तुलनामा दक्षिणी क्षेत्र पानीले बढी प्रभावित भएको छ। शिवसताक्षी, कनकाइ नगरपालिका, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल गाउँपालिकाका बस्तीहरू जोखिममा पुगेका छन्। गौरीगञ्ज गाउँपालिका १ का एकसय घर बढी डुबानको उच्च जोखिममा परेको वडाध्यक्ष कात्तिकलाल राजवंशीले बताए।

साविक महाभराको कुञ्जीबारी, रंगियाथान,बालुबथान क्षेत्रका एकसय बढी घर डुबानको उच्च जोखिममा छन्। माई, देउनीया र कमल खोलाको बढीले धान खेती कटान सुरु गरेको छ।बस्ती डुबानबाट जोगाउन प्रहरी चौकी महाभाराले सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ। झापा गाउँपालिका पन्थापाडाका १२ घर डुबानमा परेका छन्। सो बस्तीमा करिब ३ फिट पानी घरआँगनमा जमेको छ।

उक्त स्थानमा प्रहरी चौकी शरणामती प्रहरी परिचालित भएको छ। कचनकवल गाउँपालिकाको पाठामारीमा मेची नदीले तटीय क्षेत्र कटान गरिरहेको छ। मेची नदीले केही दिनअघि ११२ नम्बरको नेपाल – भारत सीमा पिलर बगाएको थियोे ।११२ नम्बर पिलर नजिक नेपाल र भारत दुवै तर्फको बस्ती रहेको छ। बढीले ११९देखि २३ नम्बर सीमा पिलर डुबाएको छ।

भारतीय बस्ती बढी जोखिममा रहेको सुरक्षा निकायले जनाएको छ। घाग्रा खोलाको बाढीले अर्जुनधारा नगरपालिकाको पाण्डवपुर बस्ती जोखिममा परेको छ। बाढीले अर्जुनधारा –५ मा तटीय क्षेत्र कटान गरिरहेको छ। तटीय क्षेत्रमा ठूलो क्षति हुन सक्ने स्थानीयले बताएका छन्। शिवसताक्षी–६ को शिवगञ्ज तथा तसदेखि दक्षिणको क्षेत्र कटान र डुबानको जोखिममा परेको छ।

सो क्षेत्र हरेक बर्खामा बढी क्षति हुने स्थान हो। जिल्लाका १३१ वटै वडाको अवस्था बुझ्न जिल्ला विपत् व्यवस्थापन समितिले स्वयंसेवक परिचालन गरिएको समितिका सदस्य लोकराज ढकालले जानकारी दिए। जिल्लाका कनकाइ, किस्ने, कमल, देउनिया,मेची, निन्दा, रतुवा, मावा, हडिया, बिरिङ, टाङटिङ, सतासी लगायतका खोलामा पानी बहाब बढेको छ। गएरातिबाट रोकिएको पानी पर्न फेरि सुरु भएको छ।

यसले जिल्लाबासीमा चिन्ता थपिएको छ। यद्यपि, खुसीको कुरा चाहिँ अहिलेसम्म बाढीका कारण झापामा कुनै मानवीय र भौतिक क्षति भने नभएको सुरक्षा निकायले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६

शेखर कोइराला भन्छन् : महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीलाई कसले…

‘पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको? कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन?,’ उनले प्रश्न गर्दै उनले भनेका छन्,‘यो