कांग्रेस जिल्ला सभापतिहरूले तोडे अनशन


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं
तीन बुँदे माग राख्दै अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच माग सम्बोधन गर्न सहमति जुटेपछि उनीहरूले शनिशार साँझ अनशन तोडेका हुन्।

क्रियाशील विवाद समाधान समितिका संयोजक एवंं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा सदस्यहरू मीनेन्द्र रिजाल र रमेश लेखक पार्टी कार्यालय सानेपा पुगेर साँझ ७ः१४ मिनेटमा अनशन तोड्न लगाएका हुन्।

नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले क्रियाशील विवाद समाधान समितिमा रहेका नेताहरूले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि अनशन तोडिएको बताएका छन्।

‘उहाँहरू यहाँ पुगेर माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ,’ केसीले आयोमेलसँग भने,‘कार्यतालिकाअनुसार महाधिवेशन होस् भनेर हामीले पनि चाहेका छौं। तीन बुँदे माग सम्बोधन हुने प्रतिवद्धता आएपछि अनशन तोडेका छौं।’

उनले माग सम्बोधन गर्ने प्रतिवद्धताका साथै अनशन सकिएसँगै अब महाधिवेशनको वातावरण बनेको बताए।

‘महाधिवेशनको वातावरण बनेको छ, अब हामी जिल्ला पुगेर भदौ १८ गते हुने वडा अधिवेशनको तयारीमा जुट्ने छौंं,’ केसीले भने।

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच विहीबार साँझ भएको भेटवार्तामा जिल्ला सभापतिहरूले उठाएका माग सम्बोधन गर्ने सहमति भएको थियो। दुवै नेताबीच क्रियाशील सदस्यहरूको नामवली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरूले राखेका माग सम्बोधन गराउनेलगायतका विषयमा सहमति जुटेको थियो।

जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन, क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक र प्रक्रियाविपरित समावेश गरिएका क्रियाशील सदस्यहरूको नाम हटाउनुपर्ने माग गरेका थिए।

थप पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक
नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ। १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्य सम्पन्न गरेका थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको हो।

शनिबार नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए।

यसअघि ४८ जिल्लाका क्रियाशील सदस्यता विवरण सार्वजनिक भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु