भारतविरुद्धको तेस्रो टेस्टमा इंग्ल्याण्ड एक इनिङ र ७६ रनले विजयी


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – भारतविरुद्धको तेस्रो टेस्ट घरेलु टोली इंग्ल्याण्डले जितेको छ। इंग्ल्याण्डले एक इनिङ र ७६ रनको प्रभावशाली जित निकालेको हो। जितसँगै इंग्ल्याण्डले पाँच खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ। पहिलो टेस्ट भने बराबरीमा सकिएको थियो भने दोस्रो टेस्टमा भारत विजयी बनेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो पारीमा खराब प्रदर्शन गरेको थियो। भारत पहिलो दिनमै ७८ रनमा अलआउट भएको थियो। इंग्ल्याण्डका जेम्स एण्डरसन र ओभरटर्नले समान तीन/तीन विकेट लिए।

त्यसपछि इंग्ल्याण्डले भने पहिलो पारीमा गतिलो प्रदर्शन गरेको थियो। उसले ४३२ रन बनायो। उसका लागि कप्तान रुटले १२१ रन बनाए। यस्तै डेविड मलानले ७०, हसिब हमिदले ६८ तथा रोरी बर्न्सले ६१ रन बनाए। भारतका मोहम्मद शामीले चार विकेट लिए।

३५४ रनले पछि परेको भारतले दोस्रो पारीमा पनि राम्रो प्रदर्शन गर्न सकेन। टोली २७८ रनमा अलआउट भयो। सुरुवात राम्रो गरेपनि मध्यक्रम चल्न सकेन। चेतेश्वर पुजाराले ९१, रोहित शर्माले ५९, कप्तान विराट कोहलीले ५५ रन बनाए। इंग्ल्याण्डका रोविन्सनले पाँच विकेट लिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६