बेलायतले भन्यो : सबैलाई अफगानिस्तानबाट उद्धार गर्न नसकिएकोमा दु:खी छौं


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – बेलायतले अफगानिस्तानबाट गरिन लागेको उद्धार कार्य आजबाट सकिने बताएको छ। गत शुक्रबारसम्म बेलायतले अफगानिस्तानबाट १४ हजार ५४३ जनाको उद्धार गरिएको जनाएको छ। उद्धार कार्य आज अन्तिम भएको बेलायतका चिफ अफ डिफेन्सका जनरल निक कार्टरले भने।

उनले यसबीच सबैलाई उद्धार गर्न नसकिएकोमा चिन्ता व्यक्त गरे। निकले अफगानिस्तानमा अझै उद्धारका लागि थुप्रै नागरिक प्रतिक्षारत रहेको बताए। ‘हामीले सबैलाई उद्धार गर्न सकेनौं। यसले हामीलाई दुखित बनाएको छ।’, उनले भने।

आफूलाई उद्धार गरिदिन अफगानिस्तानबाट थुप्रै म्यासेज आइरहेको उनले बताए। ‘हामीले सबै परिस्थितिलाई हेरेर यो कठोर निर्णय लिनु परेको छ। हामीलाई आशा छ कि ३१ तारिखको समयसीमा पछि पनि छुटेका तथा बाहिर जान चाहने नागरिकहरु आउन पाउने छन्। भविष्यमा पनि केही सहायता चाहिए हामी त्यसका लागि तयार छौं।’, निकले भने।

यता, प्रधानमन्त्री बोरिस जोनसनले फसेका नागरिकलाई जसरी पनि निकालिने बताएका छन्। त्यसका लागि आफू जमिन-आकाश एक गर्न पनि तयार रहेको बताए। आगामी दिनमा फसेका नागरिकको उद्धारका लागि आफूले हरसम्भव प्रयास गर्ने बताउँदै जोनसनले सबैलाई अहिले उद्धार गर्न नसकिएकोमा दु:ख व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’