‘डा. केसीका धेरै माग पूरा भइसकेका छन्, वार्ताको लागि सरकार तयार छ’


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


सरकारले डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ। 

सरकारका तर्फबाट डा. केसीलाई भेट्न गएका शिक्षा मन्त्रालयका सचिब गोपी मैनालीले ‘विषम परिस्थिति’ र ‘डा. केसीको खस्किादोँ अवस्था’लाई ख्याल गरेर अनसन तोड्न अनुरोध गरेको बताए। 

तीनजनाको टोली लिएर उनी मंगलबार टिचिङ अस्पतालमै पुगेर केसीलाई अनसन तोड्न आग्रह गरेका हुन्। 
उनका अनुसार डा. केसीले उठाएका मागहरू धेरै त पूरा भइसकेका छन्। र, कार्यान्वयनका चरणमा छन्। केही माग पूरा हुने क्रममा छन्। 

‘त्यही भएका कारण हामीले उहाँलाई अनसन तोड्न र वार्तामा बसौँ भनेका छौँ’ आयामेलसँग कुरा गर्दै सचिब मैनालीले भने ‘कतिपय माग त शिक्षा मन्त्रालयसँग सम्बन्धित पनि छैनन्। हामीले उहाँलाई एउटा वार्ता टोली बनाउनुस् भनेका छौँ र अनसन तोड्न अनुरोध गरेका छौँ।’ 

उनका अनुसार डा. केसीका तर्फबाट टोली आएमा सरकार वार्ता गर्न तयार छ। 

केसीले माग गरेको गेटा मेडिकल कलेजको सन्चालनबारे निमार्ण कार्यहरु भइरहेको र उक्त कलेजलाई सन्चालनमा ल्याउन पूर्वाधार, जनशक्ति र चाहिने मेडिकल सागम्रीहरूको तयारी भइरहेको बताए। 

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ कक्षा सन्चालनमा आइसकेको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाउनका लागि ३ सय सय्या व्यवस्थापन भइरहेका केही समय लाग्ने उनले बताए। त्यस्तै वर्दिवासमा प्रदेश मेडिकल कलेज सन्चालनको तयारी पनि भइरहेको छ। 

‘उहाँका सबै कुरालाई हामीले मुख्य सचिव र माननिय मन्त्री ज्युलाई रिर्पोट गरिसकेका छौं। मन्त्री ज्यूले यस विषयमा सरकारसँग छलफछ गर्नुहुन्छ होला’ उनले भने। 

मंगलबार नै भएको नेकपा सचिवालय बैठकले पनि डा. केसीलाई अनसन तोड्न आग्रह गरेको छ। 

त्यो बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारले डा. केसीलाई सन्देश पठाएको जानकारी गराएका थिए। 
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख