अमेरिकाले अन्तिमसम्म उद्धार जारी राख्ने, बेलायतले अफगानीलाई पाँच वर्षको भिसा दिने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


अमेरिकाले ३१ अगस्टको अन्तिम समयसम्म पनि अफगानिस्तानबाट उद्धार कार्य जारी राख्ने बताएको छ।

अफगानिस्तानको राजधानी काबुलमा भएको विष्फोटपछि झन भयावह स्थितिमा उद्धार कार्य नरोकिने उसले स्पष्ट पारेको छ।

अहिलेसम्म ९० जना मानिसको मृत्यु भएको पुष्टि अमेरिकाले गरेको छ। पेन्टागनका प्रवक्ता जोन किर्बिका अनुसार अहिलेसम्म पाँचहजारभन्दा धेरै अमेरिकीलाई काबुलबाट निकालिएको छ। अझै ५ हजार मानिस काबुलमै रहेको उनले बताए। तालिबानले काबुल नियन्त्रणमा लिएपछि अहिलेसम्म एक लाख १० हजार मानिसलाई त्यहाँबाट उद्धार गरिएको छ।

काबुल एयरपोर्टबाट मानिसहरू बाहिरिन नसकेपछि पाकिस्तानको सिमानामा पनि भीडभाड बढेको स्याटेलाइट तस्बिरहरूले देखाएका छन्।

यसैबीच उक्त विष्फोटमा बेलायती नागरिकको पनि मृत्यु भएको उसले जनाएको छ। अहिलेसम्म बेलायतले पनि आफ्ना सैनिकसँग काम गरेका ८ हजारभन्दा धेरै शरणार्थीहरूलाई एयरलिफ्ट गरेर उद्धार गरेको छ।

बेलायत पुर्‌याइएका उनीहरूलाई कम्तीमा पाँच वर्षसम्मको शरणार्थी भिसा दिने बेलायत सरकारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु