प्रवक्ताबाट ‘रिटायर्ड’ हुन मात्र राजनीति गरेको होइन : विश्वप्रकाश शर्मा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


झापा – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफू प्रवक्ताबाट ‘रिटायर्ड’ हुन मात्र राजनीतिमा नआएको बताएका छन्। आसन्न १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी घोषणा भने नगरेका शर्माले महाधिवेशनका लागि सुनिश्चित वातावरण बनेपछि प्रवक्ता माथिकै पदमा उम्मेदवारी दिने स्पष्ट पार्न भने भ्याए।

१८ जिल्लाको समस्या हल भएपछि मात्रै महाधिवेशनको विश्वनीय आधार तयार हुने उनले बताए। ३८ जिल्लाको क्रियाशील सदस्यताको विवाद समाधान भएसँगै महाधिवेशनको वातावरण पनि बनेको उनको भनाइ छ। प्रवक्ता शर्माले पार्टी नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आगामी दिनमा पार्टी सभापति र प्रधानमन्त्री बन्न अगाडि बढे आफूहरु सहयोग गर्न तयार रहेको बताए। तर, झापालीहरु मात्रै मिलेर परिणाम नआउने शर्माको भनाइ छ।

उनले राजनीतिमा अनर्थ लाग्ने काम गर्न नहुने अभिव्यक्ति दिए। महाधिवेशनबाट नीति, विधि तयार गर्नुपर्नेमा जोड दिएका शर्माले पार्टीमा कसैलाई छेक्ने नभइ सक्नेले सहयोग गर्नुपर्ने बताए। कांग्रेस अप्ठ्यारो परिवेशमा सरकारमा गएको बताउँदै उनले प्रधानमन्त्रीको बोली नभइ,कर्म बुझिने हुनुपर्ने बताए।

कांग्रेस छिट्टै बहुमतसहित मूलढोकाबाट शासन गर्न आउने उनले दाबी गरे। ‘बा’ ले ठीक गर्नु भो भनेर कांग्रेसका युवाले खुट्टा नबजार्ने र सरकारका राम्रा कामको समर्थन र गल्ती भए स्पष्ट कुरा राख्ने बताए। साढे तीन वर्षसम्म एउटा पनि धनीपूर्जा नबाड्ने आयोग वर्तमान सरकारले खारेज गरेको बताएका उनले अब सबैलाई समेटेर आयोग बनाउने भन्दै वर्तमान सरकारको प्रतिरक्षा गरे।

राणा, राजा, माओवादी सबैले कांग्रेसलाई छानीछानी गाडेको स्मरण गरेका शर्माले मुलुकमा सबैभन्दा बढी कांग्रेसले बलिदान गरेको बताए। सेना, प्रहरीको गोली ठोकेर मारेका मात्रै नभइ कांग्रेसमा सयौं जिउँदा सहिद भएको उनले दृष्टान्त सुनाए। गृहनगर मेचीनगर-४ को बाहुनडाँगीमा सहिद विश्वनाथ घिमिरेको सालिक शिलान्यास पछिको कार्यक्रममा बोल्दै उनले अब कांग्रेसले देशमा रगत बगाउनु नपर्ने बताए। उनले तत्कालीन सरकारले ६० वर्षअघि विश्वनाथ घिमिरेको कायरतापूर्वक हत्या गरेको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु