भक्तपुरकाे एउटा सरकारी विद्यालय, जसकाे वार्षिक बजेट २३ करोड हुन्छ


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


भक्तपुर – एउटा सरकारी स्कुलको बजेट कति होला? धेरैको उत्तर होला एक या दुई लाख। धेरै बढाएरै भन्ने हो भने एक या दुई करोड। तर, भक्तपुरको एउटा सरकारी स्कुलको वार्षिक बजेट २२ करोड रहेको छ। जिल्लाको च्याम्हासिंहस्थित बागिश्वरी माध्यमिक विद्यालय र बागिश्वरी कलेजले २२ करोड ९३ लाख २८ हजार ३ सय ३९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बागिश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यालयको बजेट १७ करोड २१ लाख ७५ रुपैयाँ रहेको जानकारी दिए। जसमा टेक (प्राविधिक शिक्षा) तर्फ २ करोड ६५ लाख ८१ हजार १६९ रुपैयाँको बजेट रहेको छ।

त्यस्तै बागिश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले ५ करोड ७२ लाख २८ हजार २६४ रुपैयाँको बजेट कलेजमा रहेको जानकारी गराए। स्कुल र कलेजको गरी कूल बजेट करिब २३ करोड पुगेको हो।

बजेट सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि बागिश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एउटा स्कुल, कलेजको विद्यार्थी संख्या पाँच हजार हुनु गौरवको विषय भएको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले कलेज र विद्यालयले झण्डै १ करोडको छात्रवृत्ति दिँदै आएकोमा खुसी व्यक्त गरे। उनले विद्यालय र कलेजको प्रगति हेर्न नचाहने तत्वले निहुँ खोजेर बिगार्ने कार्यमा लागेको बताए। उनले यस्ता तत्वप्रति विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय समुदाय सचेत रहनुपर्नेमा जोड दिए।

अनलाइन जुम कार्यक्रमबाट बजेट प्रस्तुत गरिएको थियो। कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापति, विद्यालयका सहायक प्र. अ. कृष्ण प्रसाद कर्माचार्य, कलेजका लेखा सहायक रमेश गोसाईलगायतले बोलेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६

शेखर कोइराला भन्छन् : महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीलाई कसले…

‘पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको? कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन?,’ उनले प्रश्न गर्दै उनले भनेका छन्,‘यो