महानगरले निर्णय गर्न सकेन, आफूखुसी शुल्क लिँदै काठमाडौका निजी स्कुल 


विचार
आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७

आयाेमेल संवाददाता
भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा…

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५

आयाेमेल संवाददाता
हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको


सरकारले निजी विद्यालयले कति शुल्क लिने भनेर निर्णय गरिदिने जिम्मा स्थानीय सरकारलाई दिएको छ। 

निर्देशिका जारी भएको एक महिना बितिसक्दा पनि काठमाडौं महानगरका निजी स्कुलले लिन पाउने शुल्क भने अझै निश्चित छैन। 

यहाँका निजी स्कुलले पटकपटक महानगरलाई भनिरहेका छन् तर, पनि महानगरले त्यसको सम्बोधन गर्न सकेको छैन। 

काठमाडौं महानगरले भने महानगरका प्रमुख विद्यासुन्दर शाक्य कार्यालय नआउँदा यसबारे निर्णय हुन नसकेको बताएको छ। 

कोरोना संक्रमण भएपछि मेयर महानगर आउन छोडेका छन्। उनलाई संक्रमण पुष्टि भएपछि होटेल आइसोलेसनमा बसेका थिए। त्यसपछि निको भएर घर फर्किएका मेयर शाक्य कार्यालय भर्खर आउन थालेका छन्। 

शिक्षा शाखाका प्रमुख तरापति खरेलका अनुसार महानगर प्रमुख नहुँदा विद्यालयको शुल्कबारे निर्णय हुनसकेको छैन। 

‘मेयर र्कायालय आउनु नभएकोले हामीले छलफल गरी निर्णय लिन नसकेका हौं,’ उनले भने।

शुल्क के कसरी निर्धारण गर्ने? भनेर केही पनि तयारी नभएको उनले बताए।

‘स्कुलहरुले त फोन गरेर सोधिरहेका छन्। तर, हामीले केही निर्णय गर्न सकेका छैनौँ’ उनले भने ‘अब मेयरसाब आएपछि मात्रै त्यसबारेमा छलफल हुन्छ। 

मेयर कोरोना संक्रमणबाट निको भएर भर्खरै महानगर आउन थालेको उनले जानकारी दिए। ‘हामी छिटै छलफल गछौं,’ उनले भने।

काठमाडौंका निजी स्कुलहरूले भने महनगरले निर्णय नगरिदिएपछि आफ्नै तरिकाले शुल्क लिन थालेका छन्। 

नयाँ बानेश्वरको काब्या स्कुलका प्रिन्सिपल नवराज बास्कोटाले महानगरमा पटक पटक सम्पर्क गरेर शुल्कका बारेमा सोधेका थिए। 

‘तर, महानगरले अघिल्लो वर्षकोमा नबढाई शुल्क लिनु भनेर मौखिकरुपमै भन्यो’ उनले भने ‘अनि हामीले पनि त्यहीअनुसार शुल्क लिएका छौँ।’
 
काब्या स्कुलले बैशाखको ८ गते देखि नै अनलाइनबाट पढाउन सुरु गरेको थियो। र, अभिभावकसँग पनि त्यसैबेलादेखिको शुल्क लिँदै आएको छ। 

‘महानगरले शुल्क तोकिदिन ढिला गरे पनि उहाँहरूले मौखिक रुपमा जे भन्नुभयो त्यही हामीले गरेका छौं,’ उनले भने।

सो विद्यालयका अन्लाईन मार्फत नै प्रथम त्रैमासिक परीक्षा सकेर अहिले दोस्रो त्रैमासिक परीक्षाको तयारी गरिरहेको छ। 

सिटि मोन्टेश्वरीले अभिभावकसँग सल्लाह गरेर शुल्क लिएको छ। प्रिन्सिपल पुष्पा रिजालका अनुसार वडासँग सल्लाह गरेर विद्यालयले शुल्क लिन थालेको हो। 

करिब २ सय बालबालिकामध्ये यो मोन्टेश्वरीमा ८४ जना विद्यार्थीहरुले अनलाइन कक्षा लिइरहेका छन्। 

‘हामीले महामारीको पीडालाई बुझेर ट्यूसन फि बाहेक अरु फि कटाएका छौँ’ उनले भनिन्। 

गत वर्ष महानगरले विद्यालयहरूको भौतिक सम्पत्ती, सेवा सुविधा, खेल मैदानलगायतका संरचना तथा विद्यार्थीलाई दिने सेवा सुविधानका आधारमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’सम्म वर्गीकरण गरेको थियो। 

विद्यालयको सोही वर्गीकरणका अधारमा शुल्क लिन पाउने मापदण्ड पनि बनाइएको थियो। 

प्राथमिक तहमा ‘घ’ वर्गका विद्यालयहरुले मासिक सुल्क १६३०, ‘ग’ वर्गका विद्यालयहरुले २०२४, ‘ख’ वर्गका स्कुलले २,४१८ र ‘क’ वर्गले २८१२ रुपैयाँ भन्दा मागि शुल्क लिन पाउने त्यो बेलाको मापदण्ड हो। 

त्यस्तै कक्षा ६ देखि ८ सम्म ‘घ’ वर्गका विद्यालयहरुले मासिक शुल्क १,९०१, ‘ग’ वर्गकाले २,३५१, ‘ख’ वर्गले २,८०१ र ‘क’ वर्गले ३,२५१ रुपैयाँभन्दा बढी लिन पाउँदैनन्।

कक्षा ९ देखि १० सम्म ‘घ’ वर्गका विद्यालयहरुले मासिक २,५३७, ‘ग’ वर्गकाले ३,१४९, ‘ख’ वर्गले ३,७६२ र ‘क’ वर्गले ४,३७३ भन्दा बढि लिन पाउँदैनन्।

काठमाडौं महानगर भित्र मात्र ६४२ निजी विद्यालय छन्। 

महानगरले शुल्क निर्धारण गर्न ढिलाई गर्दा स्कुललाई निकै मार परेको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले बताए।

‘त्यही भएर विद्यालयले शुल्क लिइरहेका छन्’ उनले भने ‘पहिला नै बनेको मापदण्डका आधारमा शुल्क लिइएको हो।’

महानगरको शुल्क निर्धारण गर्ने मापदण्ड व्यवहारिक नभए आफूहरु त्यो निर्णय मान्न बाध्य नहुने उनको भनाइ छ। 

‘शुल्क निर्धारण गर्दा अभिभावकले तिर्न सक्छन् कि सक्दैनन्, विद्यालय चलाउन र तलब दिन सक्छ कि सक्दैन भन्ने कुराको पनि ख्याल गर्नुपर्छ’ उनले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप

हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका-९ तल्लो मागुरमाडीका ४५ वर्षीय श्याम

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा नगरपालिका आज रातिदेखि ‘सिल’ गरिने भएको छ। स्थानीय जनप्रतिनिधिलगायत कोभिड