कालीगण्डकी जोगाउन कविता


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – ‘कालीगण्डकी बचाऔं’ अभियानले नदी संरक्षण गर्ने भाव भएको कविताका लागि स्रष्टाहरुलाई आह्वान गरेको छ। कालीगण्डकीको अवैध दोहन तथा नदी सभ्यता नै नामेट पार्न खोजिएको भन्दै केही महिनायता अभियान चलिरहेको छ।

अहिले सामाजिक सञ्जालमा विभिन्न क्षेत्रबाट कविहरुले कालीगण्डकीसम्बन्धी कविता लेखिरहेका छन्। नदी संरक्षण र अभियानमा ऐक्यबद्धताका लागि कविता आह्वान गरिएको मुख्य अभियन्ता आरके अदीप्त गिरीले बताए। ‘देशभरका र देशबाहिर रहेका कविहरुको पनि सहभागिता रहोस् भनेर कविता आह्वान गरेका हौं’, गिरीले भने। उनकाअनुसार प्राप्त कविताबाटै ‘नदी सप्तक’ कवितासङ्ग्रह पनि प्रकाशन गरिनेछ।

त्यस्तै अभियन्ता बच्चु हिमान्सुले भने, ‘मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, पाल्पा, तनहुँ आदि हुँदै बग्ने कालीगण्डकी नदी नेपालको पुराना सभ्यता मध्येको एक सभ्यता बोकेको नदी हो। कालीगण्डकी हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, ज्ञान, भाषा, मूल्य, चलन, एकता, जिविका, सांस्कृतिक विस्तार, मनोरञ्जन, सु:ख-दु:खको साझेदार नदी हो।’

दुर्लभ शालिग्राम पाइने विश्वकै एकमात्र यो नदीसँग हिन्दु धर्मालम्बीका लागि अत्यन्तै ठूलो सांस्कृतिक महत्व रहेको छ। यो नदी क्षेत्र नित्य स्नानदेखि पूजापाठ, दाहसंस्कार, तर्पण र श्राद्ध गर्न अत्यन्तै पवित्र मानिन्छ। किनारामा मुक्तिनाथदेखि देवघाटसम्मका दर्जनौं पवित्र धार्मिक स्थल छन्। जहाँको एकपटक दर्शन गर्न वा पूजापाठ गर्न हजारौं धर्मावलम्बी लालायित हुन्छन्।

तिब्बतको सीमादेखि बग्दै आउने कालीगण्डकी केवल समुद्र छुनको लागि बग्दैन। आफू बग्दै गर्दा तल्लो तटीय क्षेत्रको पर्यावरणलाई सन्तुलित गर्ने, मध्यतराईलाई सुख्खा हुनबाट बचाउने, कालीगण्डकीमै आश्रय लिएर हजारौं वर्षदेखि बाँचिरहेका तटीय क्षेत्रका लाखौं जीवनलाई बाँच्न सहज बनाउने जिम्मेवारीसमेत बोकेर बग्दछ।

केही वर्षयता पर्यावरणीय सन्तुलन नै खलबलिने गरी नदीको तीव्र दोहन भइरहेको छ। सरकारले यसलाई नदेखे झैं त गरिरहेकै थियो, अब अझ नदीको पानी नै अर्कोतिर मोड्ने परियोजना अघि सारेको छ।

‘सरकारलाई केवल सुरुङ खन्नु छ, पानीको प्राकृतिक बाटोलाई बिथोल्नु छ, पारिस्थितिक प्रणालीलाई बिगार्नु छ। कुनै वैज्ञानिक अध्ययन-अनुसन्धानविना नै सुरु गरिएको प्रलयकारी कालीगण्डकी डाइभर्सन योजना र विगत केही दशकदेखि कालीगण्डकीको आँत र गर्वमा नै असर गर्ने गरी गरिएको गैरकानुनी दोहन यसैको परिणाम हो। कालिगण्डकी डाइभर्सनद्वारा राखिएको सिँचाइ एवं विद्युत उत्पादनको लक्ष्य स्थानीय पानीको श्रोतबाटसमेत पूरा गर्न सकिने सुझाव विज्ञहरुले दिइरहँदा सरकारले डाइभर्सनकै ढिपी कस्नु कालिगण्डकीमाथिको कुदृष्टिबाहेक केही होइन। यो परियोजनाले कालीगण्डकीमा निर्भर जीवन, परियोजनास्थलभन्दा तल्लो क्षेत्रमा जमिनमूनिको पानीको भण्डारण रित्तिने, जैविक विविधतामा संकट ल्याउने र धार्मिक स्थलहरुलाई संकटमा पार्ने काम गर्छ,’ हिमान्सुले भने।

कालीगण्डकीको मर्म, आस्था र सभ्यतालाई जोगाउन, प्राकृतिक प्रणाली रक्षा गर्न र नदीलाई आफ्नै बाटोमा बग्न दिन अब कवि र लेखकले आफ्नो कलममार्फत शाशकलाई झक्झक्याउनु पर्ने बेला आएको उनले बताए। ‘यसकारण कालीगण्डकी संरक्षण अभियानमा कालीगण्डकीले ओगटेका विविध विषय शिर्षकमा आफ्नो छोटो कविता (१५ देखि २० लाइन) मार्फत एक्यबद्धता जनाइदिनहुन हार्दिक अनुरोध गर्दछौँ’, उनले भने।

कविता हप्ता दिनभित्र [email protected] मा पठाउन अनुरोध गरिएको छ। प्राप्त कविता हाललाई डिजिटल कन्टेन (पोस्टर कविता) का रुपमा फेसबुकमा पोस्ट गरिने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु