सम्पर्क कार्यालय उद्घाटनमा निधिले सम्झिए बिपी


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बिपी कोइरालाको स्मरण गरेका छन्। आगामी महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका निधिले आज बानेश्वर ब्याङ्क्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै निधिले आजको विशेष दिनमा बिपीलाई सम्झिन चाहेको बताए।

‘आजको दिनमा विशेष गरेर म बिपी कोइरालालाई सम्झन चाहन्छु। उहाँकै देन र सहयोगले आज म स्थानमा उभिएको छु। उहाँकै सहयोगमा मैले नेपाल विद्यार्थी संगठनको केन्द्रीय सभापति हुने मौका पाएको थिएँ। उहाँप्रति आजका दिनमा म नतमस्तक छुँ।’, निधिले भने।

निधिले क्रियाशिल सदस्यता चाँडै सार्वजनिक हुने बताए। उनले जिल्ला सभापतिले राखेका माग जायज भएको उल्लेख गरे।

निधिले आगामी चुनावमा कांग्रेसलाई पहिलो नम्बरको पार्टी बनाउनुपर्ने बताए। यसैका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको उनले बताए। ‘आगामी निर्वाचनमा रुखलाई पहिलो बनाउन नै मैले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको हुँ। रुख छाप हामी सबै नेपाली जनताको हो। म आममतदातालाई भन्न चाहन्छु कि, रुख छापले मात्र नेपाली जनताको भलो गर्नसक्छ।’, निधिले भने।

तीन वर्षअघि आएको पार्टीले जनताको भलो गर्न नसकेको कुरा आमजनतामा छर्लङ्ग भइसकेको भन्दै निधिले अब लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा कांग्रेसले गर्ने बताए। ‘तीन वर्षअघि सत्तामा आएको पार्टीले देशको भलो गर्न सकेन। जनताको भलो गर्न सकेन। नेपालको संविधान, लोकतन्त्र. सार्वभौमसत्ताको रक्षा गर्न सकेन। देशको सार्वभौमसत्तामाथि पटक-पटक आक्रमण भयो। देशलाई तहसनहस पारेर गयो। यसको रक्षा अब हामी गर्छौं। आगामी चुनावमा हामी एक नम्बर पार्टी बन्ने गरी जनताको विश्वास जित्छौं। सबै धर्म, भाषाभाषी तथा सांस्कृतिक विविधता भएकाहरुको एकमात्रा साझा पार्टी कांग्रेस हो। ‘, उनले भने।

संविधानसभामा कांग्रेसको बहुमत नहुँदा पनि आफूहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी राजनीतिक व्यवस्थासहितको संविधान जारी गर्न सफल भएको उल्लेख गर्दै उनले कांग्रेसले यसको कार्यान्वयन गर्दै स्वामित्व लिने र संविधानलाई अलपत्र पर्न नदिने स्पष्ट पारे।

आगामी निर्वाचनमा कांग्रेस गुट-उपगुटभन्दा माथि उठेर आओस् भन्ने जनताको चाहना रहेको उनले बताए।

पार्टीको क्रियाशील सदस्यतामा ३५ प्रतिशतभन्दा बढी युवा वर्गको प्रतिनिधित्व रहेको अवगत गराउँदै उनले आफू युवा वर्गका लागि पार्टीमा सहजकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६

शेखर कोइराला भन्छन् : महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीलाई कसले…

‘पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको? कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन?,’ उनले प्रश्न गर्दै उनले भनेका छन्,‘यो

सर्वोच्चद्वारा दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार