पुरातत्व विभागको टोलीले गर्‍याे मेचीनगरको पातालगंगा क्षेत्रको निरीक्षण


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


झापा– बिनाप्रविधी निरन्तर पानीको धारा बगिरहने झापा मेचीनगरको पातालगंगा क्षेत्र संरक्षण स्थलको सूचीमा पर्ने भएको छ। पातालगंगा तथा घैलाडुब्बा मन्दिर संरक्षणमा पुरातत्व विभागले चासो देखाएसँगै सो क्षेत्र संरक्षणको सूचीमा पर्ने भएको हो। मेचीनगर नगरपालिका ५ र ८ को सिमानामा पर्ने सो स्थानको पुरातत्व विभागको प्राविधिक सहितको टोलीले अवलोकन, निरीक्षण गरेको छ।

धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको पातालगंगामा मन्दिर समेत छ। मन्दिर परिसरमा द्वापर युगमा अर्जुनले गाइलाई पानी खुवाउन जमिनबाट पानी निकालेको किंवदन्ती छ। त्यहाँ अहिलेसम्म निरन्तर पानी आइरहेको छ। पुरातत्व विभागका उपसचिव सन्दिप खनाल नेतृत्वको टोलीले मन्दिर परिसरको स्थलगत अवलोकन गरेको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए।

प्रमाणका आधारमा यो सम्पदा एक सय वर्ष पुरानो भएको पुष्टि भए संरक्षण सूचीमा समावेश हुने र पुरातात्विक शैलीमा संरचना निर्माण गर्न विभागले सहयोग गर्ने उपसचिव खनालले बताए।

एक सयवर्ष भन्दा पुराना ठहरिएका सबै सम्पदाको संरक्षण गर्ने अभियान पुरातत्व विभागले सञ्चालन गरिरहेको उपसचिव खनालले जनाए। अवलोकन, निरीक्षणमा पातलगंगा तथा घैलाडुब्बा मन्दिरलाई पुरातत्व विभागले सञ्चालन गरेको अभियानमा समावेश गर्ने आधारहरु देखिएको खनालको भनाइ छ।

सो क्षेत्र लाई सय वर्ष पुरानो ऐतिहासिक सम्पदा सूचीमा समावेश गर्न नगरपालिकाले विभागलाई निरन्तर घच्घच्याइ रहेको नगर प्रमुख आचार्यले बताए। मेचीनगर नगरपालिकाको पहलमा अवलोकन गर्न आएको टोलीलाई नगरप्रमुख आचार्य, उपप्रमुख मिना उप्रेती, मेचीनगर ५ र ८ का वडा अध्यक्ष योगन थापा, विकेन्द्र धिमाल लगायतले सो क्षेत्रका बारेमा आवश्यक जानकारी गराएको कार्यपालिका सदस्य टिकाराम मंग्रातीले आयोमेललाई बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु