ललितपुरमा तीन हजार  कोरोना संक्रमित


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


ललितपुरमा कोरोना संक्रमितको संख्या तीन हजारभन्दा बढी पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या तीन हजार २६२ पुगेको छ। त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या एक हजार ८०३ रहेको छ। 

यसैगरी जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार ४३० र मृतकको संख्या २९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए। उनले भन्नुभयो, 'स्वास्थ्य मन्त्रालय र जिल्लाको तथ्याङ्कमा केही फरक देखिएको छ। ललितपुरको ठेगाना राखेर अन्य जिल्लामा बसोबास गर्ने मानिसको तथ्याङ्क पाइएको हुँदा कूल संक्रमितको संख्यामा केही फरक देखिएको हो।' त्यसलाई खोजेर मिलाउने काम गरिने गेलालले जानकारी दिए। 

ललितपुर महानगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार ९८८ पुगेको छ। तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको संख्या एक हजार ८८, सक्रिय संक्रमित ८७९ र मृतक २१ रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए। उनले भने, 'सक्रिय संक्रमितमध्ये ८१२ होम आइसोलेसनमा र ६७ जना अस्पताल रहेका छन्।'

गोदावरी नगरपालिकामा संक्रमित संख्या २०३ रहेको छ। तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १३२, होम आइसोलेसनमा ५७, बडिखेल आइसोलेसनमा छ र मृतकको संख्या तीन रहेको नगरपालिकाले जनाएको छ। 

महालक्ष्मी नगरपालिकामा संक्रमित संख्या ४०८ पुगेको छ। तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २३५ र मृतक दुई रहेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए। उनले भने, 'सक्रिय संक्रमित १७१ मध्ये २२ अस्पताल र १४९ होम आइसोलेसनमा रहेका छन्।'

त्यस्तै महाङ्काल गाउँपालिकामा संक्रमित संख्या १२ रहेको छ। तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको संख्या सात रहेका छन् भने एक जना अस्पताल र चार जना होम आइसोलेसनमा रहेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए। 

कोञ्ज्योसोम गाउँपालिकामा पनि कूल संक्रमित संख्या १२ पुगेको छ। तीमध्ये चार सक्रिय र बाँकी आठजना कोरोना निको भई डिस्चार्ज भइसकेको संयोजक नवलकिशोर महतोले बताए। वाग्मती गाउँपालिकामा कूल १२ संक्रमितमध्ये होम क्वारेन्टिनमा पाँच र कोरोना निको भई डिस्चार्ज हुनेको संख्या सात रहेको संयोजक नवराज तिमिल्सिनाले बताए। 

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्टार, प्रयोगशाला, बीएण्डबी र आनन्द वन अस्पतालले कोरोना परीक्षण गर्ने गरेका छन्। ललितपुरमा २२१ आइसोलेसन र ४०८ क्वारेन्टिन तयार भएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रयोगशाला प्राविधिक उपेन्द्र लामिछानेले जानकारी गराए। रासस


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप