किन भइरहेको छ, भक्तपुरका बजारमा सिटामोल अभाव?


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


भक्तपुर– भक्तपुरका राजेन्द्र श्रेष्ठले आफूलाई ज्वरो आउँंला जस्तो महशुश भएपछि सिटामोल खोजे। तर पाएनन् । नजिकैको औषधि पसलमा नपाएपछि अर्काे पसलमा खोजे तर त्यहाँं पनि पाएनन्। बल्लबल्ल तेश्रो पसलमा पाए। तर त्यहाँं पनि मागे जति दिएनन्। उनले भने, ‘अहिले सिटामोलको अलि अभाव छ, त्यसकारण सवैलाई पुर्‍याउन थोरै मात्र लानुस भनेर दिए।’

अरुबेला सामान्य औषधी पसलहरुमा पनि सजिलै पाइने सिटामोल हिजोआज भने पाउन हम्मेहम्मे भएको गुनासो गर्छन उनी। कहीकतै पाइहालेमा पनि भने जति दिएको अवस्था छैन। सामान्य सिटामोलकै अभाव हुनु दुःखद भएको उपभोक्ता बताउँंछन्।

एक जना औषधी पसले विक्रम मानन्धरका अनुसार सिटामोलको माग वढेर अभाव भएको होइन। अर्थशास्त्रले माग र आपूर्तिको सन्तुलन नमिल्दा अभाव हुने गरेको बताउँछन्। उनले भने,‘माग अनुसार आपूर्ति नभएपछि बजारमा सामानको अभाव हुन्छ। सामानको अभाव भएपछि मूल्य बढाउन थाल्छ।’ ती पसलेले सिटामोलको मूल्य भने नबढेको स्पष्ट पारे।

स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले बजारमा सिटामोलको अभाए भए जस्तो मात्रै भएको बताए। सवैतिर अलि सजिलै नपाएको मात्र हो, पाउँदै नपाएको चाहि होइन, उनले आयोमेलसँंग भने, कहीकतै भएन भने चाँहिं हो।

उनका अनुसार माग अनुसार सिटामोल नभए पनि हुँंदै नभएको चाँहिं होइन। खोजेकै पसलमा पाइनेमा अलि अभाव जस्तो भएर अर्काे पसलसम्म पुग्नुपरेको बाध्यता मात्रै भएको उनले बताए।

ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरका प्रमुख डा रत्नसुन्दर लासिवाले बजारमा हल्ला भए जति अभाव नभएको बताउँंछन्। उनी भन्छन्, ‘मैले बुझे अनुसार खासै अभाव छैन। हाम्रो ख्वप अस्पतालमा चाहि अभाव नभएको उनको बुझाई छ। बजारमा सिटामोल अभाव सामान्य देखिए पनि के कारणले अभाव भएको हो भन्ने कुरा खुल्न सकेको छैन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६

शेखर कोइराला भन्छन् : महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीलाई कसले…

‘पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको? कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन?,’ उनले प्रश्न गर्दै उनले भनेका छन्,‘यो

सर्वोच्चद्वारा दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार

गरिबीबाट जनता जोगाउन नेपालले गरिबमुखी नीति लिएको छ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको सरकारले गरिबमुखी