कोरोनालाई हल्का नलिन स्वास्थ्यकर्मीको सुझाव


विचार
आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त

आयोमेल संवाददाता
सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका

आयोमेल संवाददाता
प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका


कोरोना संक्रमणबाट बच्न अझै सचेतना आवश्यक रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन्। भर्चुअलमार्फत भएको ‘कोभिड १९ र स्वास्थ्यकर्मीको अनुभव तथा अन्तरक्रिया’ कार्यक्रममा  बोल्दै उनीहरूले कोरोना संक्रमित थपिरहेको समयमा सचेतना आवश्यक रहेको बताएका हुन्।

कार्यक्रममा गैरआवसीय नेपाली संघ (एनआरएन) स्वास्थ्य समिति संयोजक डा. सञ्जिव सापकोटाले मानिसहरूले स्वास्थ्य सावधानी नअपनाएकाले अझै कोरोना सम्वन्धि सचेतना आवश्यक रहेको बताए।  ‘मानिसहरूले ज्ञान हुँदा पनि स्वास्थ्य सावधानी अपनाएका छैनन्,’ उनले भने,  ‘स्वास्थ्यकर्मीले सचेतना जगाएर आफ्नो भूमिका जारी राख्नुपर्छ।’ 

उनले कोरोनासँग हेलचक्राई गर्न नहुने सुझाव दिए। अहिले विदेशमा मात्र २ सय ६६ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कोरोना महामारीको सयममा सबै स्वास्थ्यकर्मी एक जुट भएर लाग्नुपर्ने उनको धारणा राखे। 

नेप्लिज नर्सेस एशोसियसन युकेका पूर्व अध्यक्ष नर्स प्रसुना कंडेलले कोरोना संक्रमण देखिँदैमा अस्पताल बन्द गर्न नहुँने भन्दै सतर्कताको आवश्यकता रहेको बताइन्। जनस्वास्थ्य विज्ञ डा. समिरमणि दिक्षितले कोरोना संक्रमण हुँदैमा डराईहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन्।

‘सार्स, इन्फुएन्जा, इबोला जस्ता भाईरस जस्तो कोभिड १९ले मानिसहरूको मृत्यु भएको छैन। चीनको भन्दा नेपालको मृत्युदर पनि १० गुणा कम छ,’ उनले भने,  ‘अहिले आधार हिनकुरामा प्रचार भएकाले तथ्य र तथ्याङ्कमा रहेर सेचतना बढाउनुपर्ने देखिन्छ।’ उनले दक्षिण एसियामा नै मृत्युदर कम भएपनि उच्च सतर्कता अपनाएर चिकित्सक तथा स्वास्थ्यकर्मीले काम गर्नुपर्ने धारणा राखे। 

नेपाल केमिकल सोसाइटीका अध्यक्ष प्रा. डा. निरञ्जन पराजुलीले नेपालको पिसिआर परीक्षणमा त्रुटी रहेको बताए। नेपालमा विभिन्न प्रयोगशालमा फरक-फरक रिपोर्ट आउनुले पिसिआर परीक्षण त्रु्टीपूर्ण रहेको प्रस्ट भएको बताए। 'यस्तो हुनुको मुख्य कारण पिसिआर परिक्षण गुणतरिय नहुनु हो,’ उनले भने, ‘निजि प्रयोगशालालाई परीक्षण गर्न दिने नाममा त्रुटी देखिएको छ,’ उनले भने। उनले पिसिआर परीक्षणको दायरासमेत साँघुरो भएको बताए। 

राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक्स तथा ट्रमा सर्जरी विभाग प्रमुख डा. रुरु मरासिनीले भने जथाभावि पिसिआर गर्न आवश्यक नरहेको बताएका छन्। 

‘म पनि तीन पटकसम्म कन्ट्याक ट्रेसिङमा परेको थिए', उनले आफ्नो उदाहरण दिँदै भने, ‘तर, पिसिआर रिपोर्ट पिजिटिभ देखिएन। त्यसैले संक्रमितसँगै रहँदैमा कोरोना सर्छ भन्ने होइन।’ जोखिम बढे पनि आत्मबल बढाउँदै काम गर्नुपर्ने भन्दै धेरै त्रसित नबन्न सर्वसाधरणलाई आग्रह गरे।

नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिल बिक्रम कार्कीले कोभिडबाट बचेर काम गर्नुपर्ने बताएका छन्। ‘अहिले लकडाउन सकिएपछि कोभिड सकियो भन्ने मानसिकता हामी छौं, सामान्य सुरक्षा पनि हामीले अपनाएका छैनौं', उनले भने, 'यसले भयाभह हुने अवस्था निश्चित छ।’

चितवन मेडिकल कलेजका प्रबन्धक हरिशचन्द्र न्यौपानेले सरकारको नियम अनुसार कोरोना संक्रमितको उपचार गरिरहेको बताएका छन्। निजी मेडिकल कलेजले सरकारले तोकेको मापदण्डमा गुणस्तिरिय सेवा दिइरहेको दावी उनको छ।

चितवन मेडिकल कलेजले चितवनमा अहिलेसम्म सबैभन्दा धेरै ४ सय ४८ जना कोरोना संक्रमितलाई सेवा दिएको बताए। उनले नर्स तथा चिकित्सकले अग्रपन्तिमा रहेर गरेको कामको प्रसंसासमेत गरे। 

केन्द्रीय कारागार अस्पतालका प्रमुख तथा भरतपुर अस्पतालका निर्वतमान मेसु डा. श्रीराम तिवारीले कोरोनासँगै सबै मिलेर लड्नुपर्ने बताए। भरतपुर अस्पतालका प्रसुती रोग विभागका प्रमुख डा. सुनिलमणी पोख्रेलले कोरोना संक्रमण देखिँदैमा अस्पताल बन्द गर्न नहुने बताए। आफू संक्रमण हुँदा एक सातासम्म प्रसुती विभाग नै बन्दभएको भन्दै उनले बिरामीलाई सेवा दिनबाट अस्पताल पछि हट्न नहुने धारणा राखे। 

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले स्वास्थ्य क्षेत्रसँगै व्यापार व्यवसाय, वित्तिय संस्था र सरकारी कार्यालयमा कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको बताए। 

नेपाल नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष रमेश सुब्बाले कोरोना संक्रमितको उपचारमा नर्सको महत्वपूर्ण भूमिका रहेको बताए। यसक्रममा नर्सहरू पीडितसमेत भएको भन्दै उनले समाजलाई मानविय बन्न समेत आग्रह गरे। 

कोरोना संक्रमबाट निको हुनुभएका डा. किशोर गौतमले ८० प्रतिशत संक्रमितमा लक्षण नहुने भएकाले कोरोना फैलन सक्ने दर उच्च रहेको बताए। त्यस्तै १५ प्रतिशतमा लक्षण हुने र ५ प्रतिशत बिरामी सिकिस्त हुने उनले दावी गरे। 

कार्यक्रममा स्वदेश तथा विदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीले सहभागिता जनाएका थिए। सहभागि चिकित्सकहरूले कोरोनालाई हेलचक्राई गर्न नहुने सुझाब थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा आयोजित एक समारोहबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट

मन्त्रिपरिषदमा पुरानै अनुहारलाई निरन्तरता दिने तयारीमा ओली

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि पूरानै मन्त्रीहरुलाई निरन्तरता दिने भएका छन्। जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुनेबारे स्पष्ट पारिनसकेको