निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाँदै


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोज्न अदालत जाने भएको छ।

विहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले कारबाहीमा परेका सांसदहरूको समेत सनाखत गरिएको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हो।

‘निर्वाचन आयोगबाट विवादस्पद निर्णय भएको छ,’ बैठकपछि नेता प्रदीप ज्ञवालीले भने, ‘कारबाहीमा परेका सांसदहरूलाई पनि सनाखत गर्ने काम भएको छ। हामी कानुनी उपचारका लागि अदालत जाँदैछौं।’ ज्ञवालीले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको जानकारी दिए।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले कारबाही गरिएका १४ जना सांसदलाई पदमुक्त गर्ने सूचना टाँस नगरेको भन्दै संसदीय अभ्यासअनुसार विरोध गरिने उनले बताए।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा २१ दिनभित्र दल रोज्न पाउन गरिएको व्यवस्थालाई एमालेले असंवैधानिक ठहर गरेको छ।

‘२१ दिनभित्र दल रोज्न पाउने गरी अध्यादेशको व्यवस्था संविधानले परिकल्पना नै गरेको छैन,’ ज्ञवालीले भने,‘केन्द्रीय कमिटी बैठकले त्यसलाई असंवैधानिक ठहर गरेको छ। र, उक्त प्रावधानविरुद्ध पनि हामी कानुनी उपचारमा जाँदैछौं।’

एमाले केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमतिलाई शीघ्र कार्यान्वयनमा ल्याउन निर्णय गर्दै पार्टी एकताका पक्षमा आउन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ।

साथै बैठकले यसअघि स्थायी कमिटीले गरेका निर्णयहरू अनुमोदन गरेको छ।

विहीबार बसेको केन्द्रीय कमिटी बैठकमा भीम रावल, युवराज ज्ञवाली, योगेश भट्टराईलगायतका माधवकुमार नेपालनिकट नेताहरू पनि सहभागी भएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा