केपी ओली अहंकारको घोडामा चढेपछि विद्रोह गरेका हौं : माधव नेपाल


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली अहंकारको घोडामा चढेपछि विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन्।

निर्वाचन आयोगबाट वैधानिकता पाइसकेपछि विहीबार पहिलोपटक काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

‘केपी ओली दक्षिणपन्थी भासमा परिसकेपछि, व्यक्तिवादी अहंकारको घोडामा सवार भइसकेपछि, पार्टीलाई निजी कम्पनी ठानेपछि, क्रान्तिकारी योद्धालाई निस्कासन गरेपछि विद्रोह गर्नुबाहेक अरू कुनै विकल्प बाँकी रहेन,’ नेपालले भने।

एकता र विभाजन राजनीतिको पाटो रहेको बताउँदै उनले नयाँ पार्टीले पार लगाउँदैन भनेर नसोच्न उनले आग्रह गरेका छन्।

‘एकता र राजनीतिको पाटो हो। केहीलाई लागेको छ भएको पार्टीबाट अर्को पार्टी गठन गरेर पार लगाउन सक्दैनन् भनेर,’ एमाले अध्यक्ष ओलीतर्फ इंगित गर्दै उनले भने,‘त्यस्तै मानसिकता राख्नेले कुनै बेला राजा हटाउन सकिँदैन भन्ने गरेका थिए।’

सरकार सञ्चालनमा असफल र एकीकृत पार्टी एमालेलाई तहसनहस गर्ने केपी ओलीको गुटबाट छुटकारा पाउन उनले आग्रह गरेका छन्।

‘विद्रोहको विगुल फुक्दा हाम्रा सहयोद्धाहरू साथै हुनुहुन्थ्यो। तर, विद्रोह र क्रान्तिको बाटोमा कतिपय थाक्ने गर्छन्। केही साथी थाक्नु भएको छ,’ नेपालले भने,‘अहिले साथ छोडेका साथीहरू आफैं निर्वाचन आयोग पुगेर पार्टी दर्ता गरेको प्रमाण जिवितै छ। केही सहयोद्धा हामीसँग हुनुहुन्न। तर, फेरि फर्कनसक्नु हुन्छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु