अटो बजारमा अफरैअफर : डाउन पेमेन्टदेखि नगद छुटसम्म


विचार
आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा

आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा


दसैं नजिकिँदै जाँदा अटो बजार तात्न थालेको छ। 

कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरिएका ‘लकडाउन-निषेधज्ञा’ अन्त्य भएपछि कम्पनीहरूले ग्राहक तान्न अनेकौं छुट योजना अगाडि सारेपछि अटो बजार सहज अगाडि बढिरहेको हो।

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण दुलालका अनुसार निषेधाज्ञापछि अटो बजारमा चहलपहल बढेको छ।  

‘कम्पनीहरूले आ–आफ्नो ढंगले छुट योजना ल्याइरहेका छन्, यसले केही सहज बनाउन थालेको छ,’ दुलालले आयोमेलसँग भने।

नेपालमा हरेक वर्ष दसैंअघि ‘नाडा अटो शो’ हुन्थ्यो। एकै ठाउँमा गाडी किन्न पाइने हुँदा उपभोक्ताको पनि आकर्षण हुन्थ्यो। दुलालका अनुसार शोमा गत वर्ष ४ अर्ब रुपैयाँबराबरको व्यापार भएको थियो। 

यो वर्ष कोभिड–१९ का कारण अटो शो अनिश्चित बनेको  छ। जुन अटो मोबाइल व्यवसायीहरूले ‘मिस’ गरिरहेका छन्।

ड्याटसन र निसान गाडीको नेपालस्थित आधिकारिक विक्रेता पायोनियर मोटोकर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दले भने, ‘नाडा अटो शो राम्रो प्लेटफर्म थियो, मिस भइरहेको छ।’

पछिल्लो समय ड्याटसन र निसानका गाडी फाट्टफुट्ट बिक्री भइरहेको र अफरले थोरै भए पनि आसा जगाएको उनले बताए।

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रूपेश शर्मा भट्टले पनि छठसम्मका लागि अफर ल्याइएकाले बजार केही सहज भएको बताए।

‘व्यापार अघिल्लो वर्ष जति त छैन, तर राम्रो भइरहेको छ,’ उनले भने।

होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीका म्यानेजर राजन पुरीले अटो बजार सहज होस् भनेर विभिन्न योजना ल्याइएको बताए। 

‘हामीलाई त्यति धेरै समस्या छैन,’ उनले भने, ‘लकडाउनपछि राम्रो व्यापार भइरहेको छ।’

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका मार्केटिङ म्यानेजर सुदीप पाण्डेले योपटकको अटो बजार पुरानो ट्रेन्डअनुसार नरहेको बताए। 

‘विगतका वर्षसँग तुलना गर्न मिल्दैन, तर गाडीको डिमान्ड देखिएको छ,’ उनले भने, ‘यो पटक नाडा अटो शो पनि भएन। दसैंलाई केन्द्रमा राखेर अफर दिएकाले अलिअलि बढेकोे छ।’

सुजुकी गाडीको आधिकारिक बिक्रेता सिजी मोटो कर्पका सिनियर मार्केटिङ म्यानेजर करुण शाक्यले महिनौंपछि बल्ल आएर चारपांग्रे गाडीको बिक्री सुरु भएको बताए। 

‘शोरुम भिजिट गर्नेहरू बढिरहेका छन्, चहलपहल छ। केही बिक्री पनि भइरहेको छ,’ उनले भने, ‘पूरै सहज कहिले हुन्छ भनेर तत्कालै भन्न गाह्रो छ।’ 

रेनो गाडी बिक्री गर्दै आएको जी मोटर्स प्रालिका प्रबन्ध सञ्चालक कैलाशबाबु गेलालले दसैं अफरका कारण सोरुममा भिजिटर बढेको बताए। 

‘निषेधाज्ञापछि ग्राहक आउन थालेका छन्,’ उनले भने, ‘गाडीको बुकिङ भइरहेको छ।’ 

आयोमेलले यसअघि दुईपांग्रे सवारीमा कुन कम्पनीले कस्तो छुट दिइरहेका छन् भने सामग्री सम्प्रेषण गरेको थियो। 
योपटक थाहा पाउनुस् कुन चारपांग्रेमा कुन ब्रान्डको कस्तो छुट?

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना 

सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव’ योजना ल्याएको छ। 

असोज ११ देखि सुरु भएको यो योजनाअन्तर्गत ग्राहकले ३ लाख ५० हजार रुपैयाँबराबरको नगद छुट, २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनेछन्। 

त्यस्तै, न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, एक वर्षको सवारी बिमा र गाडीका एसेसोरिज निःशुल्क पाइने कम्पनीले जानकारी दिएको छ। 

दसैंतिहारका लागि सार्वजनिक गरिएको योजनाबाट कसैले अरूलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिएर बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार पाइने जानकारी दिइएको छ। 

निसान धमाकेदार अफर

निसान र ड्याटसन् गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना सार्वजनिक गरेको छ।

यो अफरअनुसार ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सक्ने र नौ महिनासम्मको मासिक किस्ता (इएमआइ) कम्पनीले तिर्ने जानकारी दिएको छ। 

यो अफर नलिए बढीमा २० लाखसम्मको नगद छुट पाइने छ। साथै, ३५ हजार ९ सय ९९ रुपैंयाबराबरको ‘रेडमी नोट९प्रो म्याक्स‘ मोबाइल पाउँछन्।   

यो योजनाअन्तर्गत ग्राहकले हरेक निसान गाडी किन्दा ५० हजारसम्मको फ्रि एसेसोरिज, एक वर्षको निःशुल्क बिमा, १० वर्षसम्मको फाइनान्सिङ, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालू आर्थिक वर्षको सडक कर र स्पट एक्स्चेन्जको सुविधा पनि लिनसक्छन्।

टाटा कार खरिदमा ४ लाखसम्म छुट 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दसैं–तिहार विषेश उपहार योजना ल्याएको छ।

यो योजनाअन्तर्गत टाटाका विभिन्न मोडलका कार खरिदमा ४ लाख रुपैयाँसम्म नगद छुट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। एक्सचेन्ज अफरमा पुरानो कारको मूल्यांकनसहित थप ५० हजार एक्सचेन्ज बोनस पनि पाइने छ।

टाटा मोटर्सले प्रत्येक कारमा एक वर्षको सडक कर निःशुल्क गर्नुका साथै प्रत्येक पुरानो कारको मूल्यांकनमा सप्र्राइज गिफ्ट प्रदान गर्ने भएको छ।
… 
‘वेलकम टु हुन्डाई परिवार’ 

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यसपालिको दसैं–तिहार वेलकम टु हुन्डाई परिवार’ योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत हुन्डाईका ग्राहकले स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् भने बम्पर उपहारअन्तर्गत लक्की–ड्रमार्फत हुन्डाई अउरा एउटा र हुन्डाई ग्रान्ड आई१० नियोस एउटा जित्न सक्नेछन्।

ग्राहकले एक वर्ष निःशुल्क बिमासमेत पाउने कम्पनीले जानकारी दिएको छ। 

होन्डा कारमा १० लाखसम्म छुट

होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले छुट योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ४.२५ प्रतिशतसम्म ब्याज दरमा होन्डाका कार किन्न सकिने कम्पनीले जानकारी दिएको छ। होन्डाका कार ३० प्रतिशतसम्मको डाउन पेमेन्टमा किन्न सकिने छ।

विभिन्न कारमा फरकफरक छुट अफर प्रदान गरिएको र यसरी गरिने छुटअन्तर्गत एउटै कारमा १० लाख रुपैयाँसम्म छुट पाइने जानकारी दिइएको छ।

इसुजु गाडी खरिदमा २ लाख छुट

नेपालका लागि इसुजु गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले चाडपर्वका अवसरमा छुट योजना ल्याएको छ।
कन्टिनेन्टलले इसुजु सिंगल क्याब पिकअप खरिदमा २ लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ। 

कम्पनीका अनुसार हाल यो गाडीको बजार मूल्य २४ लाख ९० हजार रहेकामा अब छुट अफर लिए २२ लाख ९० हजारमा किन्न सकिने छ।

गाडी खरिदमा एक वर्षको बिमा र सडक कर तथा एसेसोरिज कम्पनीले उपलब्ध गराउने जनाइएको छ।

कम्पनीका अनुसार यो अफर दसैंअघि नै गाडी डेलिभरी गर्नेले मात्र पाउने छन्।

फोर्डको फेस्टिभ अफर

नेपालका लागि फोर्डको आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले ‘फोर्ड फेस्टिभ अफर’ ल्याएको छ। 

योजनाअन्तर्गत स्क्र्याच कार्डमार्फत ग्राहकले ४ लाख ५० हजारसम्म जित्ने मौका पाउनेछन्।  

यसैगरी, ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु पर्ने छैन।  यो योजना माछापुच्छ्रे बैंकमार्फत् उपलब्ध हुनेछ। जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याजवापतको रकम तिरिदिनेछ। यो यो जनामा ग्राहकहरुले एसेसोरिज र बीमा पनि प्राप्त गर्दछन्।

यो योजनाअन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछ।

बाँकी २० प्रतिशतको लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिनेछ। यी ४ महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाई किस्तामा तिर्नुपर्नेछ। बाँकी रकम तिरिसकेपछि, बैंक लोनको लागि प्रस्ताव अगाडि बढाउने छ ताकी ग्राहकले बैंकको  किस्ता पहिले व्यहोर्नुपर्ने छैन।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको