कोरोनाभाइरस उत्पत्तिः अमेरिकी गुप्तचर निकायको प्रतिवेदन ’निष्कर्षविहीन’


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


बीबीसी– अमेरिकी राष्ट्रपति जो बाइडनको आदेशानुसार तयार गरिएको कोरोनाभाइरसको उत्पत्तिसम्बन्धी एउटा गुप्तचर प्रतिवेदन निष्कर्षविहीन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। चीनमा पहिलो पटक देखिएको कोरोनाभाइरस जनावरबाट बाट मानिसमा प्राकृतिक रूपमा सरेको हो वा प्रयोगशालामा भएको दुर्घटनाबाट फैलिएको हो भन्ने विषयमा अमेरिकी निकायहरू एकमत हुन नसकेको बताइएको छ।

उक्त प्रतिवेदनको सारांश छिटै सार्वजनिक हुने पनि बताइएको छ। चीनका विदेशमन्त्रीले सो प्रतिवेदनलाई ‘विज्ञानविरोधी’ भनेका छन्।
वाङ यीले राजनीतिक उद्देश्य मात्रै परिपूर्ति गर्ने प्रतिवेदनका लागि वाशिङ्टनले विश्व स्वास्थ्य सङ्गठनको अध्ययनलाई बेवास्ता गरेको बताएका हुन्।

संसारभरि ४० लाख मानिसको ज्यान लिएको महामारीले चीनको वुहानमा सन् २०२०मा सुरूतिर पहिलो पटक देखिएको थियो।
संसारभरि कोभिड फैलिने क्रम रोक्ने प्रयास भइरहँदा वैज्ञानिकहरू कहाँबाट भाइरस उत्पन्न भयो भनेर पनि पत्ता लगाउने प्रयास गरिरहेका छन्।

वुहान भ्रमण गरेको विश्व स्वास्थ्य सङ्गठनको टोलीले यो रोग बजारमा बेचिएको जनावरबाट मानिसमा सरेको हुनसक्ने निष्कर्ष निकालेको थियो।
सो प्रतिवेदनले एक दशकदेखि चमेरोको कोरोनाभाइरस अध्ययन गरिरहेको वुहान इन्स्टिट्यूट अफ भाइरलजीबाट दुर्घटनामा बाहिर फैलिएको हुनसक्ने सम्भावनालाई नकारेको देखिएको छ।

केही वैज्ञानिकले विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनलाई अस्वीकार गरेका छन्। गएको मे महिनामा बाइडनले अमेरिकी गुप्तचर निकायहरूलाई तथ्याङ्कहरू अध्ययन गरेर ९० दिनभित्र भाइरसको उत्पत्तिका विषयमा निष्कर्षमा पुग्न सकिने प्रतिवेदन पेस गर्न भनेका थिए।

सन् २०१९ को नोभेम्बरमा वुहान प्रयोगशालाका केही कर्मचारी अस्पताल भर्ना गरिएको र चीनले अनुसन्धानमा नसघाएको विवरणका बीच बाइडनले अनुसन्धान गर्न भनेको बताइएको थियो। तर गत जुन महिनामा न्याशनल इन्टेलिजन्सकी प्रमुख एभ्रिल हेनासले ‘निष्कर्ष ननिस्किन सक्ने’ बताएकी थिइन्।

कोरोनाभाइरसको उत्पत्तिका विषयमा निश्चित निष्कर्षमा पुग्न वर्षौँ लाग्न सक्ने वैज्ञानिकहरूले बताउदै आरहेका छन्। चीनले भने हालै कोरोनाभाइरस फोर्ट डेट्रिकस्थित अमेरिकी सैन्य केन्द्रबाट उत्पत्ति भएको हुनसक्ने बताउन थालेको छ। पहिले अमेरिकी जैविक हतियारको केन्द्र रहेको फोर्ट डेट्रिकमा अहिले इबोला र बिफरजस्ता भाइरसको अध्ययन गरिरहेका प्रयोगशालाहरू छन्।

चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्विनले बुधवार पुनः सो विषय उठाउँदै अमेरिकाले पहिले विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरूलाई फोर्ट डेट्रिकका अध्ययनका लागि बोलाउनुपर्ने बताए।
अमेरिकी प्रतिवेदन सोमवार राष्ट्रपति बाइडनलाई बुझाइएको थियो। ह्वाइट हाउस प्रवक्ताले सो प्रतिवेदनको सारांश सार्वजनिक गर्न केही दिन लाग्ने बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको