मोडेर्नाको खोप प्रदूषित भएको भन्दै जापानले लगायो प्रतिबन्ध


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – जापानले मोडेर्ना कम्पनीद्वारा निर्मित १६ लाख मात्रा खोप प्रयोगमा बन्देज लगाएको छ। खोपमा प्रदूषित तत्व फेला परेको भन्दै जापानले सो संख्याका खोप प्रयोगमा ल्याउन रोकेको हो। त्यहाँको स्वास्थ्य मन्त्रालयकाअनुसार ५ लाख ६० हजार भाइल खोपका केही मात्रामा प्रदूषित ‘विदेशी तत्वहरु’ देखा परेका छन्।

जापानमा खोपको बिक्री तथा वितरण गरिरहेको टाकेदा फर्मास्यूटिकलले मोर्डनाले सावधानीका साथमा खोपका तीनवटा व्याच रोकिरहेको बताएको छ। आजसम्म सुरक्षा र प्रभावकारिताको विषयमा कुनै कुरा नउठेको भन्दै मोडेर्नाले यसबारे खोप नियामक निकाय र टाकेदासँग मिलेर अनुसन्धान थाल्ने बताएको छ।

खोपमा विदेशी तत्व फेला परेको बताइए पनि के हो भन्नेबारे विस्तृतमा खुलाइएको छैन। टाकेदाले आपतकालिन परीक्षणका क्रममा केही कण भेटिएको बताएको थियो।

जापन टाइम्स पत्रिकाकाअनुसार अन्य सात खोप केन्द्रमा पनि ३९ भाइल अर्थात ३९० डोज खोप प्रदूषित भेटिएका थिए। जापानको स्वास्थ्य मन्त्रालयले खोपमाथि प्रतिबन्ध लगाउनुअघि यो खोप लिएका नागरिकको सूची प्रकाशित गर्दै स्वास्थ्य जाँच गर्न पनि अनुरोध गरेको छ।

जापान महामारीको एक कठिन अवस्थासँग जुधिरहेको छ। जापानका अन्य आठ प्रान्तहरुलाई बुधबारमात्रै आपतकालिन स्थितिमा राखिएको छ। जापानको राजधानी टोकियोले हाल प्याराओलम्पिक खेलको आयोजना गरिरहेको छ।

जापानले फाइजर र एस्ट्राजेनेका खोपलाई मान्यता दिइसकेको छ भने मोर्डनालाई गत ‘मे’ महिनामा प्रयोग अनुमति दिएको थियो।

जापानका ४० प्रतिशतले नागरिकले खोपको पूरै मात्रा लगाइसकेका छन् भने ५० प्रतिशतले खोपको पहिलो मात्रा लिएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले