प्रदेश ५ को राजधानी र केन्द्र तोक्ने बिषयमा तीन संसोधन प्रस्ताव पेश


विचार
आयोमेल संवाददाता
निषेधाज्ञामा सुनसान झापा [फोटो फिचर]

झापा–झापामा शनिबारदेखि कडा रुपमा लागू गरिएको निषेधाज्ञाको पूर्णपालना भएको छ।

आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको


प्रदेश ५ को प्रदेशसभामा प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधि सम्बन्धी प्रस्तावमा दुईवटा संशोधन प्रस्ताव दर्ता भएका छन्।

प्रदेशसभा सचिवालयका अनुसार नाम लुम्बिनी फेर्ने र राजधानीको केन्द्र परिवर्तन गर्ने सम्बन्धमा एक/एक वटा संशोधन प्रस्ताव पेश भएका हुन्।

नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य पुष्पा थरुनीले रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव दर्ता गरेकी छिन्। कांग्रेसकै सभासद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न बैकल्पिक प्रस्ताव दर्ता गराएकी छिन्।

उनले पूर्वमा नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका, उत्तरमा पाल्पाको तिनाउ गाउँपालिका, दक्षिणमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिकाको बीचभागमा राजधानी तोक्नुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएकी हुन्।

त्यसअघि सोमबार नामाकरण सम्बन्धमा जनता समाजवादी पार्टीकोतर्फबाट संसदीय दलका नेता सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ।

आजको बैठकले प्रदेश सरकारले शुक्रबार प्रस्तुत गरेको प्रस्ताव उपर मतदान गर्ने कार्यतालिका छ।

प्रदेश सरकारले प्रदेश ५ को राजधानी दाङको भालुबाङसहितको देउखुरी उपत्यका र नाम लुम्विनी राख्न प्रदेश सभामा प्रस्ताव गरेको छ।

उक्त प्रस्तावमाथि आज बोलाइएको प्रदेशसभा बैठकमा मतदान गर्ने तालिका रहेको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने तालिका समेत छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
निषेधाज्ञामा सुनसान झापा [फोटो फिचर]

झापा–झापामा शनिबारदेखि कडा रुपमा लागू गरिएको निषेधाज्ञाको पूर्णपालना भएको छ। दुई सातादेखि जारी निषेधाज्ञा पूर्ण पालना नभएपछि शुक्रबार झापाका प्रमुख

इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय