नेकपा (एकीकृत समाजवादी) : कार्यालयका लागि संसद भवननजिकै घर खोज्ने चटारो


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– नेकपा एमालेबाट विभाजित भएका माधवकुमार नेपाल पक्षको नेकपा (एकीकृत समाजवादी) ले बानेश्वर क्षेत्र आसपासमा नै केन्द्रीय कार्यालय सञ्चालन गर्ने भएको छ।

निर्वाचन आयोगलाई बुझाएको विवरणमा नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहने भनिए पनि अझै घर भने माधव समूहले फेला भने पारिसकेको छैन। यद्यपि, खोजीकार्य भने तीव्ररुपमा जारी राखेको छ।

एमालेबाट विद्रोह गरेको पार्टीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संघीय संसद भवन) आसपासमा केन्द्रीय कार्यालय स्थापना गर्ने गरी एक घरधनीसँग कुराकानी भइरहेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

‘संसद भवनको आसपासमा एउटा ४-५ रोपनी क्षेत्रफलको घर फेला परेको छ, त्यही घरमा पार्टी कार्यालय स्थापना गर्ने भनेर छलफल चलिरहेको छ। तर, अझै कुरो भने टुंगिएको छैन’ नेपालका स्वकीय सचिव गौतमले भने, ‘त्यही घरलाई हेरेर केन्द्रीय कार्यालय बानेश्वर उल्लेख गरेर आयोगलाई बुझाएका हौं।’

एमालेबाट विभाजित भएपछि पार्टीको सम्पत्तिमा स्वामित्व नहुने देखिएपछि नेपाल समूहले अलग्गै पार्टी कार्यालय स्थापना गर्नका लागि घरजग्गा खोजिरहेको हो। जसको प्रमुख जिम्मा सांसद प्रेम आलेलाई दिएको बुझिएको छ। न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु