झापाको बिर्तामोडमा प्लाज्मा थेरापी बैंक  


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


झापाको  बिर्तामोडमा प्लाज्मा थेरापी बैंक सञ्चालनमा आएको छ। थेरापी बैंक सञ्चालनका लागि 'एकका लागि एक अभियान'ले ११ लाख रुपैयाँ सहयोग गरेको छ। त्यसका लागि आवश्यक उपकरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको हो।

बिर्तामोडस्थित रक्त सञ्चार सेवा केन्द्रको  भवनमा प्लाज्मा बैंक सञ्चालनमा आएको हो। नेपाल रेडक्रस सोसाइटी झापा र  एकका लागि एक अभियानको सहकार्यमा प्लाज्मा बैंक संचालन भएको रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकालले बताए।

रक्त सञ्चार केन्द्रमा प्लाज्मा थेरापीका लागि दुई वटा कम्पोनेन्ट मेसिन जडान गरिएको  छ। त्यसमध्ये एउटालाई कोरोना संक्रमित बिरामीका लागि आवश्यक प्लाज्मा संकलनमा प्रयोग गरिने छ।

प्लाज्मा सेपरेटर, माइनस ४० डिग्री सेल्सियस तापक्रम कायम राख्ने फ्रिज,  त्यसका लागि आवश्यक उपकरण र  २ वटा बेडलगायतका उपकरण जडान गरिएपछि प्लाज्मा बैंक सञ्चालनमा आएको  रेडक्रस बिर्तामोड उपशाखाका सभापति सजेश सिवाकोटीले बताए।

प्लाज्मा थेरापीका लागि कोरोना संक्रमण भइ निको भएका व्यक्तिको रगत आवश्यक हुन्छ। कोरोना संक्रमित व्यक्तिबाट निको भएको १४ दिनदेखि ३ महिना समयावधिभित्र रगत संकलन गर्नुपर्ने  जानकारहरू बताउँछन्। आइसियू वा भेन्टिलेटरमा राख्नु पर्ने अवस्थाका र राखिएका कोरोना संक्रमितलाई यस्तो प्लाज्मा दिइन्छ।

गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई बचाउन प्लाज्मा आवश्यक हुन जरुरी हुने चिकित्सकहरूको भनाइ छ। प्लाज्मा थेरापीका लागि झापाका का ४० जनाले रक्तदानका लागि नाम टिपाएको रेडक्रसले जनाएको छ।

बैंकको शुभारम्भसँगै झापाका रोशन खनाल, भद्रपुर नगरपालिका १ हिमालीचोकका चिरन्जिबी प्रसाई र सशस्त्र प्रहरीको २ नम्बर चन्द्रगढी गणमा कार्यरत जवान सञ्जित धमलाले रगत दिएको रेडक्रसले जनाएको छ। उनीहरू तिनैजना  कोरोना संक्रमणमुक्त भएका थिए।

प्लाज्मा बैंकको शुभारम्भ झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गर्दै अभियानको सहयोगले गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई उपचारमा थप सहयोग पुगेको बताए।

अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक बिनोद बस्नेतले ११ लाखको चेक हस्तान्तरण गरेका थिए। अभियानले यसअघि झापाको कनकाइ नगरपालिका-४ को कोटिहोममा पिसिआर मेसिन जडान गरेर मेची प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको छ। 

झापामा दुईवटा पिसिआर ल्याब र प्लाज्मा बैंक सञ्चालनमा आएअसँगै कोरोना संक्रमितको उपचारमा सहज हुने स्वास्थ्य सम्बद्ध  व्यक्तिहरू बताउँछन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न