सबै तनाव मानसिक रोग होइनन् : स्वामी आनन्द विनोद


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


‘डिप्रेसन’ भनेको उदासिन हुनुमात्रै होइन। त्योभन्दा जटिल अवस्था हो। डिप्रेसनले मानिसमा उदासिनता पैदा गरिदिन्छ। र, मानिसलाई आफ्नै जीवन फिक्का तथा बोझिलो लाग्न सक्छ। डिप्रेसन भए मानसिक रोग विशेषज्ञको सम्पर्कमा पुग्नु जरुरी हुन्छ। उनीहरूले मनोवैज्ञानिक ढंगले मानसिक रोगीहरूको उपचार गर्छन्। खासमा डिप्रेसन के हो त? यसको भ्रम र यथार्थताको वरिपरि रहेर प्राकृतिक चिकित्सक एवं योगाचार्य, ध्यानाचार्य मनोविद प्राध्यापक स्वामी आनन्द विनोदसँग आयोमेलका लागि यज्ञराज जोशीले गरेको कुराकानी :

मानसिक समस्या भनेको के हो?

तनावलाई हामी दुई भागमा बाँड्न सक्छौं। अहिले जेलाई पनि मान्छेले तनाव भन्ने गरेका छन्। सबै कुरा तनाव हुँदैन। कतिपय कुराहरू आउँछन् र जान्छन्। नकारात्मक स्थिति आउँछन् र जान्छन्। त्यो स्वाभाविक पनि हो। अहिले कोरोनाको स्थिति छ। यो अवस्था सामान्य हुने बित्तिकै अहिलेको तनाव आफैं हराएर जान सक्छ।

तर, यो अवस्था लामो समयसम्म गयो भने यसको इम्प्याक्ट सबकन्सस माइन्डमा प्रवेश नगर्ला भन्न सकिँदैन। यसको प्रभाव अचेतन, अर्धचेतन मनभित्र पस्यो भने डिप्रेसन बन्न सक्छ। त्यसैले साइकोलोजीको भाषामा सबै तनाव डिप्रेसन होइनन्।

इस्ट्रेस्टलाई न्युरोसिस भन्छन्। सबै न्युरोसिसहरू साइकोसिस होइनन्। साइकोसिस भनेको डिप्रेसन हो। अहिले अलिकति मन खिन्न हुनेबित्तिकै वा अलिकति उदासिनता आउनेबित्तिकै मलाई डिप्रेसन भयो भनेर मानिसहरू डाक्टरकहाँ पुग्ने गरेका हुन्छन्। त्यो गलत हो। तनाव हुँदा कस्तो खाले तनाव हो भनेर आफैंले महसुस गर्नुपर्छ। तनावलाई स्वीकार पनि गर्नुपर्छ। अस्वीकार गर्दा फेरि त्यो दिमागमा पस्छ।

कसरी हुन्छ मानसिक समस्या?

तनावका अनेक कारण हुनसक्छन्। अहिलको अवस्थाकै कुरा गर्ने हो भने पनि कोरोनाका कारणले घरभित्रै बस्नुपर्ने स्थिति छ। जसले गर्दा मानिस अनेकन कुरा सोच्न बाध्य छन्। र, तनाव पैदा भइरहेको छ। बाहिर निस्किँदा पनि उसले मास्क लगाएको छैन। कतै मलाई छुन्छ कि जस्ता अनेकन तनाव छन् मानिसमा।

अन्य बेलामा कामको बोझ धेरै भयो भने तनाव हुने हो। ज्यानमाथि खतरा भयो भने खतरा हुने हो। दीर्घकालिन शारीरिक समस्या भयो भने तनाव हुने हो। अति महत्वाकांक्षाले पनि तनाव हुन सक्छ। वरपरको वातावरण पोलुटेड छ भने त्यसले पनि तनाव पैदा गर्छ। अहिले भोजन आदिइत्यादिमा अत्यधिक मात्रामा रसायनको प्रयोग भइरहेको छ। यसले पनि तनाव हुन्छ।

डिप्रेसन भयो भने के गर्ने?

मलाई अहिले कत्ति पनि डिप्रेसन छैन। म काममा व्यस्त छु। बाहिर निस्केको छु। म ६२/६३ वर्षको वृद्ध भए पनि तनावमा छैन। डिप्रेसन हुन नदिन जीवनशैली व्यवस्थित गर्नुपर्छ। बिहान उठ्नेबित्तिकै ध्यान, योग गर्ने। एक्सरसाइज गर्ने। खानपान शुद्ध र सात्विक बनाउने। आफूलाई आफैंले सकारात्मक सुझाव दिने। म तनाव मुक्त छु ठान्ने। म शक्तिशाली आत्मा हुँ। म जे पनि गर्न सक्छु भन्ने आत्वविश्वासका साथ अगाडि बढ्यो भने तनावबाट मुक्त जीवन बिताउन सकिन्छ।

मिठा मधुर संगीत सुन्ने। प्रेरणादायी जीवनोपयोगी पुस्तक पढ्ने हो भने डिप्रेसनबाट जोगिन सकिन्छ। अहिले कोरोना कहरकै समयलाई पनि सिर्जनात्मक बनाउन सकिन्छ। मसँग सधै यस्तै खाली समय हुँदैन भनेर आफूभित्र भएको रुचिलाई सिर्जनामा लगाएर पनि तनावबाट टाढा बस्न सकिन्छ। मान्छेका धेरै सिर्जना जेलमै पनि जन्मिएका छन्। अहिले घरभित्रको बसाइ पनि स्वेच्छिक जेलजस्तै भएको छ। 

खाली मनमा धेरै नकारात्मक कुराले डेरा जमाउँछ। त्यसैले सधैं आफूलाई व्यस्त राख्नुपर्छ। पानीको मात्रा बढाउनुपर्छ। आफूभित्र तनाव बढेको छ भने परिपक्व व्यक्तिसामु व्यक्त गर्नुपर्छ। धेरै लामो समयसम्म नेटमा झुन्डिएर नकरात्मक कुरा हेर्‍यो भने पनि तनाब बढ्न सक्छ। फेसबुकलगायत सामाजिक सञ्जालमा मात्र व्यस्त नभएर अन्य मनोरञ्जनका साधन अपनाउने गर्नुपर्छ। जीवनमा हास्न मन लागे हास्ने रुन मन लागे रोइदिने पनि दिने गर्नुपर्छ।

मानिसले म डिप्रेसनमा गए भनेर कसरी थाहा पाउने?

मनोवैज्ञानिक लक्षण हुन्छन्। एक्लो महसुस हुन्छ। थकान महसुस हुन्छ। एकाग्र हुन गाह्रो हुन्छ। त्यस्तोलाई ल्याक अफ कन्सन्ट्रेसन भनिन्छ। हास्न मन लाग्दैन। जहिले पनि डर लागिरहन्छ। असुरक्षाको महसुस भइरहन्छ। कहिलेकाहीँ धेरै भोक लाग्छ। कहिले भोकै लाग्दैन। स्वभावमा पनि छिटोछिटो परिवर्तन भइरहन्छ। भित्रभित्रै मन पोलेको जस्तो हुन्छ। निद्रा नलाग्ने, बढी निद्रा लाग्ने वा राति केही गरी निद्रा खुल्यो भने फेरि निद्रा नलाग्ने हुन सक्छ।

डिप्रेसनबाट बच्नलाई के गर्नुपर्छ, के डाक्टलाई नै भेट्नुपर्छ?

पर्दैन। डाक्टरकोमा गइयो भने त औषधीको नाममा लठ्याउने औषधी दिने हो। त्यो औषधीले दिमागलाई लठ्ठ पार्ने हो। त्यसैले योगमय जीवन नै सबैभन्दा उत्तम विकल्प हो।

तनावलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ। गोल्डेन मुन भनेर

प्राध्यापक ह्यान्स सेली (Prof. Hans Selye, Yale university : 1930)ले यल युनिभर्सिटीमा सन् १९३० मा रिसर्च गर्नुभएको थियो। उहाँ जर्मनीको प्रोफेसर हो। उहाँले केही गोल्डेन रुल छन् भन्नुभएको थियो। ती भनेका पानी पिउने, सुमधुर संगीत सुन्नेलगायत हुन्। उहाँले समस्या आउँदा सबैमा सेयर गर्ने बानीको विकास गर्नुपर्छ भन्नुभएको छ। कम सोच्ने धेरै काम गर्ने, व्यस्त रहने स्वस्थ रहने। धेरै सोच्ने केही नगरी खाली बस्ने होइन। 

माइन्डलाई रिल्याक्स राख्ने। जीवनमा भरपुर आनन्द लिने। बिहान उठ्दादेखि राति सुत्दासम्म सकारात्मक कुरामात्रै सोच्ने। आफ्नो कामलाई सम्यमतापूर्वक गर्ने गर्नुपर्छ। र, सन्तुष्ट रहने। यति गर्‍यो भने मानिस तनावबाट मुक्त हुन्छ भन्नुभएको छ ह्यान्स सेलीले, मलाई पनि त्यही लाग्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख