ओलीको सन्देश : अहिले समन्वयकारी, अर्को पाँच वर्ष शक्तिशाली


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्दैगर्दा अध्यक्ष केपी ओली तुल्सीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनमा बोल्दै थिए ।

नेता नेपालले एमालेका साविकका ५५ केन्द्रीय सदस्य र ३० जना संघीय सांसदलाई आफ्नोतर्फ तानेपछि ओलीले पत्रकार सम्मेलन गरेर मूलतः दुईवटा सन्देश दिएका छन् ।

विगतका पटक–पटकका भाषणमा ‘केपी ओली एउटै कक्षा दोहोर्‍याएर पढ्दैन’ भन्दै आएका उनले आजको पत्रकार सम्मेलनमा ‘अनुकूल समयमा मात्र नेतृत्व हस्तान्तरण’ गर्ने घोषणा गरेका छन् ।

मंगलबार बसेको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनको अर्को सन्देश छ– माधव नेपालहरू गइसकेपछि महाधिवेशनअघिसम्मका लागि माओवादी केन्द्रबाट आएका, माधव नेपाललाई छाडेर आएका र विगतदेखि आफैसँग रहेका नेताहरूलाई मिलाएर समन्वयकारी भूमिका निर्वाह गर्ने ।

१० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन गर्न कार्यदल बनाएर विगतमा नेपालसँग रहेका १० जना स्थायी कमिटी सदस्यहरूसँग समन्वयकारी भूमिका निभाउने उनको रणनीति देखिन्छ ।

माओवादी केन्द्रवाट आएकाहरू हाल जिम्मेवारीविहीन भए पनि उनीहरूलाई रचनात्मक जिम्मेवारी दिने प्रतिबद्धता जनाएर रामबहादुर थापा बादलसहितका नेतासँग पनि तत्कालका लागि समन्वयकारी भूमिका निर्वाहको संकेत गरेका छन् ।

तर, विगतमा उनी निकट मानिने नेता शंकर पोखरेलको अभिव्यक्तिले भने ओलीले भनेको उपयुक्त समय अर्थात् मंसिरमा हुने महाधिवेशनबाट उनले नेतृत्व सहज हस्तान्तरण गर्लान् भन्नेमा भने शंका जन्माएको छ ।

पोखरेलले तीन दिनअघिमात्र एमाले अर्को एउटा निर्वाचन र एउटा पार्टीको महाधिवेशनसम्म ओलीकै नेतृत्वमा जाने घोषणा गरेका थिए । विश्वासपात्र भनिएका पोखरेलको यो अभिव्यक्तिको तीन दिनपछि ओलीले नेतृत्व हस्तान्तरणबारे उपयुक्त समयमा निर्णय लिने बताएर पोखरेलकै वाटोमा जाने संकेत त गरेका हैनन् भन्ने प्रश्न उब्जिएको छ ।

माधव नेपालले एमाले छाडेपछि ओलीलाई चुनौती दिने नेता अहिलेका लागि पार्टीमा देखिएका छैनन् । ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङलाई माधव नेपाललाई छाडेर आएका भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरूले विश्वास गर्ने सम्भावना निकै कम छ । त्यसैले पनि शंकर पोखरेलले अर्को एक आमनिर्वाचन र महाधिवेशनपछिसम्म ओली नै पार्टीको नेतृत्वमा रहने उद्घोष गरेका हुन् । न्युज कारखानाबाट


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको