बिर्तामोड खोप काण्ड: छानबिन समितिले बुझायो दोहोरो अर्थ लाग्ने प्रतिवेदन


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


झापा– बिर्तामोड ‘खोप काण्ड’ छानबिन समितिले दोहोरो अर्थ लाग्ने गरी प्रतिवेदन सार्वजनिक गरेको छ। झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल संयोजकत्वको समितिले सो घटनामा चरम लापरबाही भएको तर गलत मनसाय नदेखिएको प्रतिवेदन सार्वजनिक गरेको हो।

यसलाई कतिपयले ‘लाठी पनि नभाँचिने र सर्प पनि मर्ने’ प्रकृतिको प्रतिवेदन भनी टिप्पणी गरेका छन्। कसैले यसलाई दोहोरो मापदण्डको भनी अर्थ्याएका छन्। कारबाहीको सिफारिस गरेको जस्तो देखाएर घटनामा संलग्नलाई जोगाउने प्रकृतिको प्रतिवेदन आएको त्यसबेला आन्दोलनमा उत्रेकाहरु बताउँछन्।

बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्काले १०३ भाइल कोरोना विरुद्धको खोप बिर्तामोडको टाइमलेस होटलमा पु¥याएका थिए। साउन १५ गते स्थानीय युवाले शंकास्पद अवस्थामा फेला परेको सो खोप सहित खड्कालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।

नगरपालिका लानु पर्ने खोप होटलमा पु¥याएपछि घटनाको छानवीन गर्न राजनीतिक दल, विद्यार्थी संगठन र सामाजिक संघसंस्थाले माग गरेका थिए। घटनाको विरोध गर्दै विद्यार्थी र स्थानीय युवाले नगरपालिकामा तालाबन्दी समेत गरेका थिए। त्यसबेला राजनीतिक दलको तर्फबाट खड्कालाई कारबाहीको माग गर्दै विज्ञप्ति निकाल्ने मध्येका एकजना नेता तथा नेकपा माओवादी केन्द्रका झापा संयोजक मणिकुमार साम्पाङले प्रतिवेदन सार्वजनिक भएको आधिकारिक जानकारी आफूलाई नभएको बताए।

मिडियामा प्रतिवेदन आयो भनेर समाचार सुनेको बताएका उनले राजनीतिक दललाई औपचारिक रूपमा त्यस विषयमा जानकारी हुनुपर्ने माग गरे। प्रतिवेदन नपढी प्रतिक्रिया नदिने बताएका साम्पाङले जोगाउने किसिमको प्रतिवेदन आएको मिडियाको समाचारबाट थाहा भएको जनाए।

नगरपालिकामा ताला लगाउने एक विद्यार्थी संगठन मध्येको नेविसंघ झापा सचिव पोषराज कटुवालले जनतालाई ढाट्ने काम प्रशासनले गरेको प्रतिक्रिया दिएका छन्। ‘यो दोहोरो अर्थ लाग्ने प्रतिवेदन आयो, गल्ती गरेको र कारबाही गरेजस्तो पनि देखाउने जस्तो छ’ उनले भने,‘ यस विषयमा आज विद्यार्थी संगठनको छलफल हुन्छ र आधिकारिक धारणा सार्वजनिक गर्छौँ।’ घटनामा सम्लग्नलाई जोगाउने कुरा आफूहरूका लागि अमान्य हुने उनले बताए।

खोप होटलमा पुर्‍याएको घटनाको चौतर्फी विरोध भएपछि जिल्ला प्रशासन कार्यालय झापाले साउन १६ गते सहायक प्रजिअ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो। जिल्ला समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, प्रहरी नायब उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रसाईं र अनुसन्धान अधिकृत किरण भट्टराई सदस्य रहेको समितिले हिजो प्रतिवेदन सार्वजनिक गरेको हो। घटनाको सत्यतथ्य बुझेर प्रतिवेदन बुझाउन सो समितिलाई एक साताको समय तोकिएको थियोे। समितिले २४ दिनपछि सोमबार प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदन बुझ्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले मंगलबार बस्ने डिसीसीएमसीको बैठकमा छलफल गरी प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाइने बताए। बिर्तामोड नगरपालिकालाई पठाएको १०३ भाइल खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटी देखिएकाले खोप बुझाउने र बुझ्ने दुवै पक्षका सम्बन्धित कर्मचारीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखिपठाउन समितिले सुझाएको छ। तर कस्तो कारबाही गरिनु कानुन सम्मत हुन्छ त्यसमा भने प्रतिवेदन मौन छ।

खोप पठाउने स्वास्थ्य कार्यालय झापा र फोकल पर्सन खड्काको गम्भीर त्रुटि देखियो । हामीले कलडिटेल समेत अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो। सत्यतथ्य प्रमाण जुटाइएको छ । सात दिनसम्म त हामीले प्रमाण खोज्न र बयान लिन न भ्याएनौँ । प्रमाण नजुटी प्रतिवेदन तयार पार्ने कुरा भएन। खोप गलत ठाउँमा पुर्‍याएको हो। प्रतिवेदनका बारेमा कसले के टिप्पणी गर्छ,त्यो हामीले भन्ने भन्ने कुरा होइन । चारचार जना उपसचिवले तयार पारेको प्रतिवेदन हो।

प्राविधिक काम भएकाले प्रतिवेदन बुझाउन समय लागेको हो। गम्भीर अनुसन्धान गरेर सबै कुरा बुझ्नु पर्‍याे, लेख्नु पर्‍याे। हामीलाई काममा कसैले कुनै खालको दवाव दिएन। स्वतन्त्रतापूर्वक काम गरेको हो।

औषधि भएको कार्टुन होटलमा किन पुग्यो र फेरि त्यस्तो भए के गर्ने भनेर हामीले सुझाव दिएका छौँ। समितिलाई दिइएको कार्यादेश पनि त्यही हो। कस्तो कारबाही गर्ने भनेर सिफारिस गर्ने अधिकार समितिलाई थिएन। डिसीसीएमसी अन्तरगत बनेको समिति भएकोले सम्बन्धित निकायमा प्रतिवेदन बुझाइएको हो। डिसीसीएमसीको बैककले कारबाहीको सिफारिस गर्छ। त्यो कुरा प्रतिवेदनमा लेखिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’