सनाखतका लागि नेकपा (एकीकृत समाजवादी) र लोसपाका नेताहरू निर्वाचन आयोगमा(तस्बिरहररू)


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा (एकीकृत समाजवादी)का नेताहरु सनाखतको लागि निर्वाचन आयोग पुगेका छन्।
अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्यहरु दल दर्ताको सनाखतका लागि चन्द्रागिरिबाट निर्वाचन आयोग पुगेका हुन्।

माधव नेपाल नेतृत्वमा तीन जना सांसद थप गरिएको छ। जसमा सांसद माया ज्ञावाली, सोम पाण्डे र शारदा देवी भट्ट छन्।

यसअघि नयाँ पार्टी गठनमा आफ्नो सहमति नरहेको बताएका नेता प्रदीप नेपाल पनि सनाखतका लागि आयोगको कार्यालयमा पुगेका छन्।
निर्वाचन आयोगले बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय निर्धारण गरेको छ।

यस्तै, एमाले नेता प्रदिप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन्। दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन आयोगमा पुगेका हुन्।

भदौ २ गते नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो। तर ओली पक्षका नेताहरुले प्रदीप नेपालले एमाले नछाडेको बताएका थिए ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका महन्थ ठाकुर समूहका नेताहरु पनि निर्वाचन आयोग पुगेका छन्।
सनाखतपछि आजै दुवै पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिने तयारी आयोगले गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु