नेकपा स्थायी कमिटी सदस्य पोख्रेलले कसरी माथ दिए महासचिव पौडेललाई?


विचार
आयाेमेल संवाददाता
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति

आयाेमेल संवाददाता
फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो :…

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र

आयोमेल संवाददाता
भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक


विष्णु पौडेल सत्तारुढ नेकपाका प्रभावशाली नेता हुन्। पार्टीका महासचिवसमेत रहेका पौडेलको ‘बालुवाटार पकड’ निकै मजबुत छ। 

नेकपाको आन्तरिक संगठनमा सबैभन्दा उपल्लो तह सचिवालय हो। र, नौ सदस्यीय सचिवालय सदस्यमध्ये एक हुन् पौडेल।

कोरोना भाइरस महामारीका कारण पार्टीका आन्तरिक बैठकहरू स्थगित छन्। 

तर, महासचिव पौडेल भने निरन्तर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै हुन्छन्। तीन नेताको उठबस पनि बाक्लै छ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको पार्टीमा हैसियत स्थायी कमिटी सदस्यमात्र हो। तर, प्रदेशको राजधानी तोक्ने विषयमा पोख्रेलले महासचिव पौडेललाई माथ दिएका छन्।
 
बुटवललाई प्रदेश राजधानी बनाउने पौडेलको चाहना र अडानलाई पोख्रेलले एक हिसाबमा बिराम नै लगाइदिएका छन्। 

बुटवलका स्थायी बासिन्दासमेत रहेका पौडेल त्यहाँबाट कहिल्यै चुनाव हारेका छैनन्।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनले बुटवलाई राजधानी बनाउने वाचा मतदातामाझ गरेका थिए। 

त्यस्तै वाचा गरेर पोख्रेलले पनि दाङबाट प्रदेशसभा निर्वाचन जिते। 

तर, प्रदेश सरकारले एक्कासि दाङको भालुवाङलाई राजधानी प्रस्ताव गरेपछि पौडेल समस्यामा परेका छन्।

राजधानी तोक्नुअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच बुधबार साँझ छलफल भएको थियो। 

छलफलमा दाङलाई प्रदेश ५ को राजधानी तोक्नेबारे दुई नेताबीच सहमति भयो। दाङलाई राजधानी बनाउने विषयमा दुई नेतालाई सहमतिमा ल्याउने सुत्रधार बने मुख्यमन्त्री पोख्रेल। 

तर, महासचिव पौडेलले यसबारे ‘सुइँको’ समेत नपाएको बताए। 

प्रदेश सरकारले दाङको भालुवाङ क्षेत्रलाई राजधानी तोकेपछि आफूनिकट मान्छे बोलाएर पौडेलले भनेका थिए– ‘बुटवललाई रोक्न सकिनँ।’ 

प्रदेश राजधानीकाे सवालमा नेकपाभित्रकाे याे पुरानाे अनि पेचिलाे मुद्दा पनि हाे। एक वर्षअघि नै नेकपाका दुई अध्यक्षले महासचिब पौडेललाई ‘दाङ राजधानी’ बनाउने निर्णयको माइन्यूट लेख्न भनेका थिए। तर पाैडेलले याे विषय टार्दै आएका थिए। 

दाङलाई राजधानी बनाउने विषयमा अध्यक्षद्वयलाई सहमत गराइसकेपछि पोख्रेल शक्तिशाली बनेर अघि बढेको नेकपाभित्र विश्लेषण हुन थालेको छ।

पोख्रेल ओलीका एकदमै निकटका नेता पनि हुन्। 

राजधानी र नामकरणबारे प्रदेशसभामा सोमबारदेखि छलफल सुरु भएको छ। तर, कांग्रेसले सोमबारको बैठक राम्रोसँग चल्न दिएन। कांग्रेसी सभासदले नाराबाजी गरे र सभाका कुर्सी, टेबुल पनि फुटाइदिए। 

सरकारको त्यो प्रस्ताव पास गर्न नेकपाले आफ्ना सांसदाई ‘ह्विप’ नै जारी ग-यो। 

तर, नेकपाका १४ जना प्रदेश सांसदले दाङलाई राजधानी बनाउने निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। 

नोट अफ डिसेन्ट लेखेर असहमति जनाए पनि उनीहरूले पार्टी लाइन बाहिर गएर ‘फ्लोर क्रस’ गर्ने सम्भावना भने न्यून रहेकाले दाङ प्रदेश ५ को राजधानी बन्ने लगभग पक्का छ।

दाङलाई राजधानी बनाउने निर्णयको विरोधमा बुटवलका नेकपा समर्थक साथै कांग्रेस विरोधमा उत्रेको छ। 

महासचिव पौडेल पनि दाङको विरोध गरेर अझै बुटवल नै राजधानी हुनुपर्ने अडानमा अडिग छन्। 

तर, दुई अध्यक्षकै सहमतिमा निर्णय भएपछि उनको केही चल्ने छैन। 

दुई अध्यक्ष नै दाङलाई राजधानी बनाउने विषयमा सहमत भइसकेपछि रुपन्देहीका स्थानीय र त्यहाँका अगुवा सबै आन्दोलनमा छन्। 

र, महासचिव पौडेलले पनि दुई अध्यक्षसँग त्यो सहमतिमाथि ‘असन्तुष्टि’ जनाएका छन्।
 
तर, पौडेलेको यो आफ्ना मतदाताको ‘मन थाम्ने’ मेसोमात्रै हो। 

विश्लेषकहरूका अनुसार मौन बस्दा उनको जनसमर्थन गुम्ने भएका कारण उनी केही बोलिदिएका मात्रै हुन्। 

नेकपाका दुईजना प्रभावशाली नेता पौडेल र पोख्रेलबीचको यो राजनीतिक प्रतिष्ठाको लडाइँले बुटवल राजधानी बन्ने सम्भावना ‘लगभग’ क्षीण भइसकेको बुटवलका अधिवक्ता महेन्द्र पाण्डे बताउँछन्। 

‘पोख्रेलजी दाङकै हुनुहुन्छ, मुख्यमन्त्री भएर पनि दाङलाई राजधानी बनाउन नसक्दा उहाँको प्रतिष्ठा दाउमा लागेको थियो,’ पाण्डे भन्छन्, ‘प्रतिष्ठा जोगाउन उहाँले दाङलाई राजधानी बनाउन खोज्नुभएको हो।’

बुटवललाई राजधानी बनाउन नेकपाले सुरुमा अडान राखे पनि अहिले व्यक्तिगत स्वार्थका कारण विवाद सिर्जना भएको उनको ठम्याइ छ। 

‘दुवैजना केन्द्रमा पहुँच भएका नेता हुन्, पोखरेलजी हाबी हुनुभयो तर, पौडेलजीले अडान राख्न सक्नुभएन,’ उनले भने, ‘पौडेलजी कमजोर देखिनुभयो।’ 

राजधानी तोक्ने विषयमा पार्टीले ह्विप लगाउनु संविधानविपरीत रहेको अधिवक्ता पाण्डेको भनाइ छ। 

दलीय ह्विप लगाएर प्रदेश सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको उनको टिप्पणी छ। 

‘राजनीतिमा वाचा–कबुल नगरेकाहरूको हालिमुहाली देखिएकै छ,’ पाण्डे भन्छन्, ‘तर, जनतासँग गरेको वाचा पूरा नगरेपछि विश्वासमा पक्कै पनि धक्का पुग्छ।’ 

नेकपा महासचिव पौडेलले पनि बुटवलको जनताको विश्वास गुमाएका उनको भनाइ छ।

प्रतिवद्धताअनुसार बुटवल राजधानी बन्नेमा शंका हुन थालेपछि महासचिव पौडेलले गरेको विरोध सतही रहेको विश्लेषण भइरहेको छ। 

अध्यक्षहरू नै दाङलाई राजधानी बनाउने पक्षमा देखिएपछि उनको विरोधको खासै अर्थ नरहने विश्लेषकहरूको भनाइ छ। 

आफ्नो असन्तुष्टिलाई सही साबित गर्न पौडेलले विरोधमा उतारिएका प्रदेश सांसदहरूलाई भोटिङ प्रक्रियामा जानबाट रोक्न सक्नुपर्दछ।

‘पौडेलजी सही अर्थमा विरोध गरिरहनुभएको छ भने लुम्बिनी अञ्चलका प्रदेश सांसदहरूलाई मतदानमा रोक्न सक्नुभयो भने वास्तविक विरोध ठहरिएला,’ उनले भने, ‘अन्यथा उहाँको देखावटी विरोधमात्र हुनेछ।’ 

विरोधका स्वर बाहिर आउन नदिनका लागि कोरोना संक्रमणको मौका छोपेर राजधानी टुङ्ग्याउने प्रक्रिया थालेको उनको अधिवक्ता पाण्डेको बुझाइ छ। 

‘र, हामी सबैलाई लागेको पनि यही हो,’ उनी भन्छन्, ‘सबैलाई मिलाएर अघि बढ्ने र समन्वय गर्ने प्रदेश सरकारको क्षमतामा ह्रास आएको पुष्टि भएको छ।’ 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको

भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक सरकारी अस्पतालमा आफ्नी छोरीलाई कोरोना परीक्षण गराउन पुगेकी थिइन्। आफ्नो

आज रातो मच्छिन्द्रनाथको रथ तानिँदै

काठमाडौं – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ। हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ