३१ अगस्टभित्रै उद्धार कार्य सक्न तालिबानको आग्रह, बाइडेन भन्छन् : अफगानिस्तानमा आइएसको खतरा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – तालिबानले अगस्ट ३१ तारिखसम्म अफगानिस्तानबाट उद्धारको काम सक्न अमेरिकालाई भनेको छ। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तालिबान प्रवक्ता मुजाहिदले उद्धारको काम यसअघिको सहमतिअनुसार ३१ अगस्टभित्र सक्न अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आग्रह गरे।

मुजाहिदले सो समयभित्र उद्धार कार्य सकेर अमेरिकी सेना फर्किसक्नुपर्ने बताएका छन्। उनले यसपछि पनि उक्त कार्य आफूहरुलाई स्वीकार्य नहुने बताएका छन्।

मुजाहिदले अफगानिस्तानमा जनजीवन सामान्य हुँदै गए पनि एयरपोर्टमा समस्या रहेको बताउँदै उद्धार कार्य चाँडै सक्न आग्रह गरे।

मुजाहिदले अमेरिकाले अफगानिस्तानका सबै शिक्षित र दक्ष व्यक्तिलाई लगेको आरोप लगाए। उनले यो कार्य बन्द गर्न पनि अमेरिकालाई आग्रह गरे। मुजाहिदले ३१ अगस्टपछि अफगानिस्तानबाट उद्धारका कुनै उडान नहुने पनि स्पष्ट पारे।

मुजाहिदले अवस्था सामान्य नहुँदासम्म महिलालाई घरमै बस्न पनि आग्रह गरे।

यसैबीच, अमेरिकी राष्ट्रपति बाइडेनले उद्धारका लागि तोकिएको समयसीमा सकिन लागेको भन्दै सो कार्यलाई अझ तीव्र बनाइने बताएका छन्। उनले अगस्ट १४ देखि हालसम्म ७० हजार ७ सय जनाको उद्धार गरिएको बताएका छन्। उद्धार गर्न बाँकी रहेका सबैलाई समयसीमा अगावै उद्धार गरिसकिने उनले बताए।

बाइडेनले भने, ‘हामीले यो कार्य जति चाँडो सक्यौं त्यति राम्रो। यसमा तालिबानले पनि सहयोग गरिरहेका छन्। उनीहरुको कामको मूल्याङ्कन भने विश्व समुदायले उनीहरुको कामअनुसार आगामी दिनमा गर्ने नै छ।’

बाइडेनले अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) को खतरा रहेको भन्दै उद्धारको काम चाँडोभन्दा चाँडो सक्न आफूहरु लागिपरेको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप