अफगानिस्तान संकट : एसियाको ‘हैरानी’ र चीनको दाउ


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि पहिलोपटक सिङ्गापुर पुगेकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आइतबार भनेकी थिइन्– ‘एसिया अमेरिकाको पहिलो प्राथमिकतामा छ।’

दिनहुँ आउने अफगानिस्तानका ‘बेचैन’ तस्विरहरूले एसिया क्षेत्र मात्रै होइन सारा विश्वलाई नै उद्देलित बनाइरहेको छ। यही बीचमै सिङ्गापुरबाट अमेरिकी उपराष्ट्रपति ह्यारिसको यो अभिव्यक्तिलाई कतिपयले ‘एशियालाई आश्वस्त’ पार्ने भनाइका रुपमा लिएका छन्।

अफगानिस्तानको यो जटिल मोडमा सबैभन्दा केन्द्रमा छ अमेरिका। र, यो संकटमा चीन पनि खेल्न खोजिरहेको आरोप विश्व शक्तिराष्ट्रहरूको छ।

सोमबार सिंगापुरका प्रधानमन्त्री ली सेन लुङ्गले भनेका थिए– ‘यो क्षेत्रमा साराले देखिरहेका छन् कि अफगानिस्तानको पतनमा अमेरिकाले कसरी आफ्नो स्ट्यान्ड बदलिरहेको छ।’

एशियामा उदाउँदै गरेका क्षेत्रीय सहयोगी राष्ट्रहरू दक्षिण कोरिया र जापानजस्ता देशहरूले अफगानिस्तानमाथि अहिले पनि भरोसा गरिरहेका छन्। केही शक्तिहरूले भने यी देशहरूलाई अब अमेरिकाको भरोसा गर्न नसकिने र आवश्यक परेका बखत सैनिक परिचालनका लागि तयार हुन पनि उक्साइरहेका छन्।

चीनको आरोप : अमेरिका विध्वंसक हो

अफगानिस्तानमाथि जसरी अनिश्चितताका बादल मडारिइरहेको छ चीनको अभिव्यक्ति भने झन झन चर्को हुन थालेको छ।

अघिल्लो सात चीनका विदेशमन्त्री वाङ यीले भनेका थिए– ‘अमेरिकाले जहाँ पनि पाइला राख्छ त्यहाँ अशान्ति, विभाजन, टुक्रिएका परिवार अनि मानिसको अकाल मृत्यु र चहराइरहने घाउहरू छोडेर जान्छ।’

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले केही दिनअघि ताइवानलाई चेतावनी दिँदै आफ्नो सम्पादकीयमा लेखेको थियो– ताइवानले अमेरिकासँग धेरै सम्बन्ध गहिरो नबनाओस्। किनकि ताइवानका लागि अमेरिकाले चीनसँग कुनै महंगो लडाइँ लड्न चाहँदैन।’

यो पत्रिकाका सम्पादक आफैले एउटा ट्विटमा लेखेका थिए– ‘काबुल पतनपछि ताइवानले पनि आफू हल्लिएको महसुस पक्कै गरिरहेकै होला। आफ्नो सुरक्षाका लागि ताइवानले अमेरिकातिर नहेरे पनि हुन्छ। ताइवानका नेताहरूले चीनबाट चीनको झन्डा मगाउँदै गरे हुन्छ। जुन दिन पिएलए(चिनियाँ जनसेना)को अघि आत्मसमर्पण गर्नेछन् त्यो दिन त्यो झन्डा काम लाग्नेछ।’

अमेरिकाबाट हतियारको कारोबार गर्ने ताइबानले आफूलाई स्वतन्त्र राष्ट्र माने पनि चीनले उसलाई अनुमति दिएको छैन र ताइवानलाई आफ्नो ‘विद्रोही प्रान्त’का रुपमा लिन्छ।   

केही दिनअघि ताइवानका विदेशमन्त्री जोसेफ वूले भनेका थिए– ‘चीनले अहिले तालिबानको नक्कल गर्न खोजिरहेको छ। तर म एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने हामीसँग आफ्नो रक्षाका लागि हिम्मत र ताकत दुबै पर्याप्त छ।’

भू-राजनीतिक विशेषज्ञहरूले भनेका छन् कि अफगानिस्तान छोड्ने अमेरिकी निर्णयले चीनलाई एक सुनौलो मौका दिएको छ। अब चीनले एशियाली क्षेत्रमा यो कुरालाई स्थापित गर्नेछ कि अमेरिकामाथि विश्वास गर्न सकिँदैन।

‘यो प्रोपोगान्डाको उद्देश्य अमेरिकासँग नजिकको सम्बन्ध राखेका देशका सरकारहरूमाथि दवाब सिर्जना गर्ने र त्यो सम्बन्धलाई कमजोर बनाउने नै हो’ सिङ्गापुरको नेशनल युनिभर्सिटीमा राजनीति शास्त्रका एसोसिएट प्रध्यापवक इयान चोङले भनेका छन्।

सम्हालिँदो चिनियाँ पाइलाहरू

अफगानिस्तानको परिवर्तित राजनीतिक अवस्थामा चीनलाई पूरै फाइदा भने नहुनसक्छ। एसिया मामिलाका जानकार बोनी ग्लेसरका अनुसार अफगानिस्तानको अहिलेको स्थितिमा चीनले आफ्नो फाइदालाई जोखिमसँग तुलना गरेर हेरिरहेको हुनसक्छ।

केही समयअघि चीनले तालिबानका केही नेताहरूलाई चीनमा स्वागत पनि गरेको थियो। त्यहाँ उनीहरूलाई अफगानिस्तानका लागि आर्थिक सहयोग गर्ने बचन पनि चीनले दिएको थियो। र त्यहाँ उसले जोड पनि दिएको थियो कि अफगानिस्तानको भुमि कुनै आतंकवादीका लागि लुक्ने ठाउँ नबनोस्।

यो खेलमा चीनले आफ्नो धेरै चीज दाउमा लगाएको पनि छ। उसका कम्पनीहरूसँग अफगानिस्तानमा करोडौं डलरका तेल र तामा खानीहरूको ठेक्का पनि छ।

तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि चिनियाँ विदेशमन्त्रीले भनेका थिए– हामी अफगानी जनताको इच्छालाई आदर गर्दछौं।’ बिबिसीबाट


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६