पार्टी सनाखतका लागि आज आयोग जाँदै नेपाल र महन्थ पक्ष


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि आज (बुधबार) बोलाएको छ। आयोगले दुवै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ।

बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ। आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए। सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुवै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो।

आयोगले सनाखतका लागि दिएको समयअघि प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल चन्द्रागिरीको रिसोर्टमा सोमबारदेखि आफूनिकट संघीय सांसद र केन्द्रीय सदस्यहरूसँग बसेर पार्टी विधान, घोषणा पत्र र राजनीतिक प्रस्तावमाथिको छलफलमा जुटेका थिए।

घोषणापत्र, अन्तरिम विधान, अन्तरिम नियमावली र कन्युनिस्ट आन्दोलनको पुनर्संरचनासम्बन्धी दस्तावेजलाई छलफल गरेर नेपाल पक्षले अन्तिम रूप दिएको बताइएको छ।

निर्वाचन आयोगमा सनाखतका लागि उपस्थित हुनुअघि प्रस्तावित नेकपा (एकीकृत समाजवादी) ले १० बुँदे घोषणापत्र पनि मंगलबार जारी गरेको थियो। महाधिवेशनबाट अध्यक्षमा निर्वाचित केपी शर्मा ओली पार्टी नीतिविपरीत हिँडेको घोषणापत्रमा आरोप लगाइएको छ। दस्तावेजमा ‘एमाले अध्यक्ष ओलीलाई सुधार्न पनि नसकिने र उनको नेतृत्वमा कम्युनिस्ट आन्दोलन धारासायी हुने देखेपछि आफूहरू अलग भएको’, उल्लेख छ।

भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिँदा नेपालले २०३ मध्ये ५८ सहित ९५ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६