विद्यालय सञ्चालन गर्ने जनकपुर उपमहानगरको निर्णय


विचार
आयोमेल संवाददाता
निषेधाज्ञामा सुनसान झापा [फोटो फिचर]

झापा–झापामा शनिबारदेखि कडा रुपमा लागू गरिएको निषेधाज्ञाको पूर्णपालना भएको छ।

आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको


जनकपुरधाम उपमहानगरपालिका कोरोना महामारीका कारण बन्द रहेका विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको छ। कोरोना महामारीपछि चैत ६ गतेदेखि बन्द भएका विद्यालयहरूले मंगलबारदेखि सञ्चालन गर्न उपमहानगरले निर्णय गरेको हो।

संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिका पालन गर्ने शर्तमा कक्षा ६ देखि १२ सम्मका विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखाकी प्रमुख अञ्जु पाण्डेयले जानकारी दिइन्।

६ देखि १२ कक्षासम्मका विद्यार्थीलाई विद्यालयमा उपस्थित गराएर र त्यसमूनिका बालबालिकालाई वैकल्पिक विधि अपनाएर पठन पाठन सञ्चालन गर्ने निर्णय भएको उनले बताइन्।

‘विद्यालयमा भौतिक दूरी कायम गरेर एउटा कक्षामा बढीमा २५ जना विद्यार्थी राखेर पठन पाठन सञ्चालन गर्ने निर्णय भएको छ,’ आयोमेलसँग कुरा गर्दै उनले भनिन्,‘प्रत्येक दिन अनिवार्य विषयको तीन घण्टामात्र पढाइ हुनेछ।’ विद्यार्थी संख्या बढी भएको विद्यालयले दुई शिफ्टमा विद्यालय सञ्चालन गर्ने सक्ने उनको भनाइ छ।

प्रमुख पाण्डेयले संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाले शिशु र बाल विकासका विद्यार्थीहरूलाई घरमै पुगेर पढाउनुपर्ने जानकारी दिएकी छिन्। यसैगरी कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई टोलमा निश्चित स्थान खाजेर १०÷१५ जनाको समूहमा पठन पाठन गराउने निर्णय भएको उनले बताइन्।

विद्यालयमा विद्यार्थी तथा शिक्षकले अनिवार्य मास्क लगाउनुपर्ने, विद्यालयले साबुन पानीको व्यवस्था गर्नुपर्ने छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
निषेधाज्ञामा सुनसान झापा [फोटो फिचर]

झापा–झापामा शनिबारदेखि कडा रुपमा लागू गरिएको निषेधाज्ञाको पूर्णपालना भएको छ। दुई सातादेखि जारी निषेधाज्ञा पूर्ण पालना नभएपछि शुक्रबार झापाका प्रमुख

इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय